नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।

नेपालको प्रतिनिधित्व गर्दै बिनु लामिछाने मिसेस युनिभर्स–२०१९ मा सहभागी हुने भएकी छिन् । २९ डिसेम्बरमा सम्पन्न हुने उक्त सुन्दरी प्रतियोगितामा ९० देशका विवाहित महिलाहरू सहभागी हुँदैछन् । २२ देखि २९ डिसेम्बरसम्म चीनमा हुने मिसेस युनिभर्समा उनले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन् ।
विवाहित नेपाली महिलाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्ने र घरेलु हिंसाविरुद्धको अभियानका लागि पनि यस सुन्दरी प्रतियोगितामा आफू सहभागी भएको उनले बताइन् ।
नेपालमा ओम अस्पतालमा नर्सिङ पढेकी उनी सन् २००९ देखि लन्डन बस्दै आएकी छिन् । प्रवासमा रहेर पनि नेपालको प्रतिनिधित्व गर्न पाएकोमा आफू निकै उत्साहित भएको र प्रतिस्पर्धामा चाहिने तयारीका लागि आफू कडा मेहनत गरिरहेको उनले बताइन् ।
साथै उनले सम्पूर्ण नेपालीहरूलाई मिसेस युनिभर्सको अफिसियल इन्स्टाग्राम पेजमा गएर भोटका लागि अपिल गरेकी छिन् । सामाजिक सञ्जालमा पाएको भोटिङका आधारमा पब्लिक च्वाइस अवार्ड जिताउन मद्दत गर्नेछ ।