बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
नायिकाका रूपमा रहन फिट रहनु एकदमै आवश्यक छ । जिउडाल मिलेको छैन भने नायिकाले धेरै कुरा सुन्नुपर्छ । चलचित्रमा प्रवेश गर्दा नै मोटी भएकीले धेरैले मलाई मोटी नायिका भन्थे । त्यसले पनि मलाई जिम जान प्रेरित गरेको हो । हिजोआज म बेलुकी रोटी खान्छु, मैदा खान्न ।
खानामा छोड्न नसकेको आलु हो । मन लागेको बेला आलु खान्छु तर आलु खाएको दिन खाना खान्न । दाल, गेडागुडीको रस मेरो नियमित आहारमा पर्छ । हरेक दिन साग, फलफूल तथा जुस छुटाउँदिन ।
स्याउ, स्ट्रबेरी एवं किबी नियमित रूपमा खान्छु । मैले कोल्ड ड्रिंक्स पिउन छाडेको धेरै भयो । नियमित योग एवं सन्तुलित खाना नै मेरो स्वास्थ्य र सौन्दर्यको रहस्य हो । म आफ्ना सबै काम नियमित रूपमा गर्छु । खानामा अनुशासित बन्ने हो भने पनि धेरै फाइदा हुन्छ ।