गायिका इन्दिरा भट्टराई कलाकारिताको नयाँ यात्रामा निस्किएकी छिन् । उनले हालै एक गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । नेपाली गायनमा आफ्नो फरक परिचय बनाएकी उनले आफैंले गाएको गीत मार्फत अभिनय यात्रा थालेकी हुन् ।
गायिका इन्दिरा भट्टराई कलाकारिताको नयाँ यात्रामा निस्किएकी छिन् । उनले हालै एक गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । नेपाली गायनमा आफ्नो फरक परिचय बनाएकी उनले आफैंले गाएको गीत मार्फत अभिनय यात्रा थालेकी हुन् । ‘बदनाम बनाउने तिमी’बोलको गीतमा उनले अभिनय गरेकी छिन् । उक्त गीतको म्यूजिक भिडियोमा गायिका भट्टराईलाई इश्वर खड्काले जोडीका रुपमा साथ दिएका छन् ।
सार्वजनिक गीतमा सुमन थापा मगरको शब्द रहेको छ । लछु प्रकाश मल्लले संगीत गरेको उक्त गीतमा संगीत संयोजन पनि सोही गीतका संगीतकार मल्लले नै गरेका छन् । आर्यन बिमलीको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोलाई दीपक जोशीले सम्पादन गरेका हुन् ।
अभिनय सँगै गायिका भट्टराईले निर्देशनमा पनि हात हालेकी छन् । गत साता मात्रै उनको निर्देशनमा छायांकन भएको म्यूजिक भिडियो केहि दिनमा सार्वजनिक हुने गायिका भट्टराईले बताएकी छिन् ।
पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्रान्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यतापूर्वक राजधानीमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न उक्त प्रतियोगितामा सलिना नेपालले मिस ग्रान्ड वल्र्ड नेपालको ताज पहिरिन सफल भइन् ।