मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।
पोर्नस्टारको छवि परिवर्तन गर्दै बलिउड अभिनेत्रीका रूपमा स्थापित सनी लियोन अहिले एउटा नेपाली चलचित्रको गीतमा कम्मर मर्काइरहेकी छिन् । चलचित्र पासवर्डको ‘मेरो नाम सन्नी...’ शीर्षकको उक्त गीत अभिनेत्री लियोनीप्रति नै समर्पित छ ।
अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वरको उक्त क्लब गीतको छायांकन बेलायतको एउटा क्लबमा गरिएको हो जसमा सनीको नृत्य तथा भावभंगिमा दर्शकलाई लोभ्याउने शैलीको छ । सनीलाई १ सयभन्दा बढी नृत्य कलाकारसँगै नचाउने कोरियोग्राफर हुन्— विष्णु देवा ।
विष्णु बलिउड चलचित्रका कोरियोग्राफर हुन् । उक्त गीतमा सनीसँगै चलचित्रका अभिनेता विक्रम जोशीले पनि आकर्षक नृत्य गरेका छन् । गीतको भिडियोमा अभिनेता अनुप विक्रम शाही तथा बुद्धि तामाङलाई पनि देख्न सकिन्छ ।
निर्देशक सम्राट बस्नेतको कुरामा विश्वास गर्ने हो भने सनीले भविष्यमा नेपाली चलचित्रमा अभिनय गर्ने वचन समेत दिएकी छिन् ।