अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।
अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरिरहेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् ।
भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जाइरामा उनको लुक्स नै भिन्न देखिएको छ । छोटो कपाल तथा पातलो ज्यानमा उनी साँच्चिकै खेलाडी देखिएकी छिन् । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ ।
आशुतोषराज श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि तथा रेमनदास श्रेष्ठ महत्वपूर्ण भूमिकामा छन् । यही चलचित्रबाट रजतपटमा आउन लागेकी नयाँ अनुहार श्रृजना रेग्मीले पनि चलचित्रमा खेलाडीकै भूमिका निर्वाह गरेकी छिन् ।