Successfully Copied

गायिका लसता जोशीको च्वाइस

मलाई रुवाउने चलचित्र मन पर्छन् । रोएपछि मात्र चलचित्र हेरेको वास्तविक अनुभूति हुन्छ ।

ठाउँ : शान्त वातावरण, जहाँ हरियाली र नदी होस् । उठ्नेबित्तिकै प्राकृतिक सुन्दरता देखिने ठाउँ मन पर्छ । त्यहाँ गीत सुन्दै, पुस्तक पढ्दै आफ्नो क्रियटिभिटी बढाउन मन लाग्छ । 

परिकार : गुलिया परिकार पटक्कै मन पर्दैनन् । कन्टिनेन्टल फुड मन पर्छ । पिज्जा सबैभन्दा मन पर्ने परिकार हो भने पास्ता, स्पागेडी तथा नेपाली थाली पनि मन पर्छन् ।

पेयपदार्थ : स्प्राइट पिइरहन्छु । अल्कोहलमा रेड वाइन तथा समरमा बियर पिउन रुचाउँछु ।

पुस्तक : पहिलेजस्तो पुस्तक पढ्ने बानी छैन तैपनि दन्त्यकथाहरू पढ्न मन लाग्छ । 

लेखक : मेरी हजुरआमा कृष्णदेवी बज्राचार्यले ८० वर्षको उमेरमा युवराज कुनाल लेख्नुभयो । म उहाँको लेखनको सरलताबाट प्रभावित छु ।

गीत : मलाई मन नपर्ने गीत कमै छन् । यद्यपि गजल तथा रोमान्टिक गीत बढी मन पर्छन् । 

गायक–गायिका : यशुदास, रविन शर्मा, आशा भोषले, सुनिधि चौहान, अलिशा चिनोई आदि ।

चलचित्र : मलाई रुवाउने चलचित्र मन पर्छन् । रोएपछि मात्र चलचित्र हेरेको वास्तविक अनुभूति हुन्छ ।

नायक–नायिका : अक्षयकुमार, सरोज खनाल, गौरी मल्ल तथा रेखा थापा ।

ग्याजेट : मेरो आफ्नै फोन सामसुङ ग्यालेक्सी S7, Acer's folding laptop यी ग्याजेटले मेरो 

दैनिक जीवनमा निकै सघाउ पुर्‍याइरहेका छन् ।

 Image