चलचित्रमा नायिका अब कसको पालो ?
चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् ।
पहिलो संस्करणको कास्की सुपर स्टार–२०७५ को फाइनलका लागि ३० जना छनौट भएका छन् ।
संयुक्त फिल्म्स तथा डान्स सेन्टरले आयोजना गर्ने उक्त एकल महिला तथा पुरुष गायन एवं नृत्य प्रतियोगिताको अडिसनमा ५० जनाले भाग लिएका थिए ।
उनीहरूमध्ये नृत्यतर्फ २० तथा गायनतर्फ १० जना छनौट गरिएको आयोजक संस्थाका प्रबन्धक प्रेम थापाले बताए ।
मिस तामाङ पोखरामा १६
चौथो संस्करणको मिस तामाङ पोखराको फाइनलका लागि १६ जना छानिएका छन् ।
यसरी छानिनेमा रीता लोप्चान, सुमी तामाङ, कञ्चन तामाङ, सोफिया स्याङ्बो,सुष्मा लोप्चान, श्वेता पाख्रिन, आशा तामाङ, अस्मिता तामाङ, रिस्ता घिसिङ, जेमेना घिसिङ, सजना वाइबा, विनिशा तामाङ, अमृता तामाङ, अनिता घिसिङ, मिनु थोकर तथा प्रीति तामाङ छन् ।
सहभागीहरूलाई तामाङ भाषा, संस्कृति एवं संस्कारमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिनेछ । मिस तामाङ पोखराको फाइनल माघ १२ गते हुने बताइएको छ ।