मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

मनपर्ने आउटफिट : नीलेन्थ वानपीस, स्कर्ट ।
फर्मल इभेन्टमा : फर्मल इभेन्टहरूमा डिजाइनर वेयर नै लगाउन रुचाउँछु । डिजाइनर स्कर्ट तथा गाउन मन पर्छ तर गाउनमा अगाडि–पछाडि वा साइडतर्फ स्लिडहरू राखेर डिजाइन गराउँछु ।
फ्रेन्डस पार्टीमा : छोटो स्कर्ट तथा अन्य त्यस्तै पहिरन ।
राती सुत्ने बेलामा : ट्राउजर तथा लुज स्यान्डो ।
मनपर्ने फेसन डिजाइनर : विशाल कपूर तथा मञ्जु बञ्जारा
मनपर्ने रंग : कालो तथा रोयल ब्लू
मनपर्ने ब्राण्ड : यहि नै भन्ने छैन ।
मनपर्ने कलेक्सन : आइस्याडो ।
मनपर्ने एक्सेसरीज : एयररिङ, ब्यांगल तथा रिङ ।
ड्रेसअप गर्दा ध्यान दिने कुरा : सकेसम्म शरीर सुहाउँदो तथा आफूलाई सजिलो हुने पहिरन लगाउँछु । अरूले कस्तो कमेन्ट गर्छन् भन्ने कुरामा समेत ध्यान पुर्याउँछु ।