‘कुमारी’ महिलाको अस्तित्व र समाजको दोहोरो चरित्रमाथि प्रश्न हो ।
महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई ‘कुमारी’ चलचित्रले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
गायक सरोज लामाको पहिलो गीत ‘चोखो माया...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद कोइरालाको शब्द तथा संगीतको यो आधुनिक गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका छन् । सानैदेखि गायनमा रुची राख्ने गायक लामालाई यो यूगल गीतमा गायिका आकांक्षा बस्यालले गायनमा साथ दिएकी छिन् । संगीतकर्मी विनय लामासंग संगीतको प्रशिक्षण लिइरहेका गायक सरोज लामा तथा पप गायनमार्फत स्थापित भएकी गायिका आकांक्षाको सुरिलो स्वरको यो गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट एकै साथ प्रिमियर गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह तथा मोडल विपना थापाले अनस्क्रिन रोमान्स गरेका छन् । म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै नेपाली चलचित्रमा समेत पदार्पण गरेका पल शाहलाई यो भिडियोका आकर्षक देखाइएको छ । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय बिपना थापा पनि यो भिडियोमा सुन्दर देखिएकी छिन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गोदावरी तथा चपली हाइटका आकर्षक लोकेशनमा दुई दिन लगाएर छायांकन गरिएको यो भिडियोमा कलाकारहरुले लगाएका पहिरनहरुको डिजाइन ईशु मगरले गरेकी हुन् ।
यस्तो छ भिडियो :