मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
पोखरा निवासी जेनिशा पौडेल सानैदेखि गीत गाउन रुचाउँथिन् । त्यतिबेला आधुनिक गीत गाउने जेनिशाले १० कक्षामा पढ्दा नै पोखरामा सम्पन्न पश्चिमाञ्चल तारा जितेकी थिइन् । एक वर्षजति आधुनिक गायनको प्रशिक्षण लिएकी जेनिशाले सानैदेखि भित्री रहर भएको शास्त्रीय संगीत सिक्ने अवसर प्राप्त गरिन् । कलानिधि इन्दिरा संगीत महाविद्यालयले आयोजना गरेको शास्त्रीय संगीत प्रतियोगितामा दोस्रो भएकी पौडेल अहिले युवापुस्तामाझ चलचित्र अधकट्टीको फिगर कोकाकोला गीतबाट परिचित छिन् । उक्त गीत गाएपछि उनलाई धेरै चलचित्रबाट पाश्र्वगीत गाउने प्रस्ताव आइरहेका छन् । हरेक दिन हार्माेनियम वा तानपुरा बजाएर रियाज गर्ने जेनिशा संगीत क्षेत्रकी आशालाग्दी प्रतिभा हुन् ।