Successfully Copied

डिज्नी ल्यान्ड : सपनाको संसार

डिज्नी ल्यान्डको समवन्धमा त नेपाली समाज बेखबर छैन । हरके बच्चाले आमाबुबासँग डिज्नी ल्यान्ड भ्रमण गर्ने चाहाना राखेका होलान् । टेलिभिजनको किड्स शोहरुमा बारम्बार चर्चा भइरहने ‘डिज्नी ल्यान्ड’लाई वालवच्चाले मात्र उनीहरुका अभिभावकलाई पनि हेर्ने कौतुहलता जागेको हुनसक्छ ।

डिज्नी ल्यान्डको समवन्धमा त नेपाली समाज बेखबर छैन । हरके बच्चाले आमाबुबासँग डिज्नी ल्यान्ड भ्रमण गर्ने चाहाना राखेका होलान् । टेलिभिजनको किड्स शोहरुमा बारम्बार चर्चा भइरहने ‘डिज्नी ल्यान्ड’लाई वालवच्चाले मात्र उनीहरुका अभिभावकलाई पनि हेर्ने कौतुहलता जागेको हुनसक्छ । 

अमेरिकाको क्यालिफोर्नियमा बनेको डिज्नी ल्यान्ड विश्वको पहिलो डिज्नी ल्यान्ड हो । यसलाई सन् १९५५ जुलाई १७ मा वाल्ट डिज्नीले निर्माण गरेका थिए । सपनाले भरिएको यस स्थानले बालबालिकालाई विशेष रुपमा आमन्त्रण र आकर्षित गर्छ । यदि भिडभाडवाट टाढा रहेर सपनाको संसारको सयर गर्ने हो भने, परिवार सहित डिज्नी ल्यान्ड पुग्नुपर्छ । 

त्यसो त अमेरिकामा मात्र होइन, चीनको हङकङ र सांघाई, फ्रान्सको पेरिस र जापानको टोकियोमा समेत डिज्नी ल्यान्ड निर्माण गरिएका छन् । 

मूख्य आकर्षण केन्द्र 

डिज्नी ल्यान्डमा डिज्नीका पात्रहरु घुमिरहेको भेटिन्छन् । यद्यपी ति पात्रहरुलाई देख्दा यस्तो लाग्दैन कि, उनीहरु मान्छे हुन् । आगन्तुकले पनि यस्ता क्यारेक्टरको गेटअपमा मनोरञ्जन गर्न सक्छन् । मिक्की, मिनी माउस, पूह, गूफी, प्लूटो, प्रिन्सेस टियाना र टिंकर बेलका भिन्न भिन्नै थीममा बनाइएको डिज्नी ल्यान्डको मूख्या आकर्षण यस प्रकार छन् । 

मेन स्ट्रीट– डिज्नी ल्यान्डमा सवैभन्दा पहिला यहि नै पुगिन्छ । यहाँ आगन्तुकले भिक्टोरिया कालको अमेरिकाको झलक साक्षतकार गर्छन् । 

एडभेन्चर ल्यान्ड–यो स्थान पूर्ण किसिमले रोमान्सले भरिएको छ । त्यहाँ पुगेपछि यस्तो लाग्छ, कुनै स्वप्न लोकमा पुगिएको होस् । इन्डियाना जोन्स टेम्पल अफ द फरविडेन आई र टार्जनको घर यहाँको मूख्य रोमाञ्चक पक्ष हुन् । 

न्यू अर्लिएन्न्स स्क्वायर– प्यारेन्ट्स अफ द क्यारेवियन र माउन्टेन मेन्सन यहाँको आकर्षणको केन्द्र हुन् । 

फ्रन्टियर ल्यान्ड– अमेरिकन फ्रन्टियरको पायनियर डेको थीममा बनाइएको फ्रन्टियरल्यान्डको बिग थन्डर माउन्टेन रेलरोड र माक ट्वेन रिभर रोड यहाँको आकर्षण हुन् । 

फेन्टासी ल्यान्ड– यसलाई स्वप्न नगरी भन्न सकिन्छ । डार्क राइड्स, चिल्ड्रेन राइड्स यहाँको मूख्य आकर्षण हुन् । 

क्रिटर कन्ट्री–क्रिटर कन्ट्रीमा भालुले गीत गाइरहेको देख्न पाइन्छ । 

मिकी टूनटाउन–टेलिभिजनको स्क्रिनमा देखिने मिकी माउस र मिनी माउसलाई यहाँ साक्षतकार गर्न सकिन्छ । उनीहरु हिडिरहेको, नाचिरहेको देख्न सकिन्छ । मिकी टूनटाउनमा यि कार्टुन चरित्रको घर छ । 

टुमारो ल्यान्ड–यसको नामवाट नै प्रष्ट हुन्छ कि, आउने समयको थीममा यो पार्क बनाइएको छ । आउने समयको सुन्दर परिकल्पनामा बनाइएको पार्कमा आगन्तुकको मन अघाउँदैन । 

डिज्नी ल्यान्डको यात्रा गर्नुअघि 

पार्क घुम्नु एकदिन अघि नै पार्कको म्यापलाई राम्ररी अध्ययन गर्नु राम्रो हुन्छ । विशेषज्ञका अनुसार प्रवेशद्वारको साटो अन्तिम प्रस्थान विन्दुबाट घुम्न सुरु गर्नु राम्रो हुन्छ । 

फास्टपास

फास्टपास एक यस्तो यन्त्र हो, जसले तपाईलाई मनपर्ने यात्राको सहि समय बताइदिन सक्छ । यस यन्त्रलाई राम््ररी बुझ्नुपर्छ, जसले गर्दा घन्टौंलाइनमा बसेर कुनैपनि यात्राको लागि पालो पर्खिरहनु पर्दैन । 

प्रस्तुती हेरौं 

यस सुन्दर पार्कमा घुमफिर गरेर जव थकान महसुष हुन्छ, नजिकको कुनै थिएटरमा पसेर विभिन्न किसिमको प्रस्तुती हेर्न सकिन्छ । यहाँ हरेक समय कुनै न कुनै थिएटरमा केहि शो भइरहेको हुन्छ । 

कसरी बन्यो डिज्नी ल्यान्ड

डिज्नी ल्यान्ड वाल्ट डिज्नीको परिकल्पनाको उपज हो । यति मनमोहक र लोकप्रिय पार्कको अवधारणा उनको मस्तिष्कमा कसरी आयो त ? 

कुनै समय उनी आफ्ना दुई छोरीको साथ कुनै पार्कमा गएका थिए । त्यहाँ अन्य वच्चाहरु खेलिरहेका थिए, रमाइरहेका थिए । यद्यपी त्यसको विपरित वाल्टकी छोरी दिक्क मानेर वसिन् । तब, वाल्टको मनमा एक यस्तो पार्कको अवधारणा पैदा भयो, जसमा जस्तोसुकै वच्चा पनि रमाउन सकुन् । उनीहरुलाई हास्न, खेल्न, रमाउनका लागि पयाप्त श्रोत, साधन र वातावण भएको पार्क होस् । त्यस्ता पार्कका साना वच्चा मात्र होइन, उनीहरुलाई खेल्न लाने अभिभावक समेत मनोरञ्जन लिन सकोस् । यहि सोचाईले डिज्नी ल्यान्डको जन्म भयो । डिज्नी ल्यान्डलाई वाल्ट डिज्नील्यान्ड पनि भनिन्छ । 

तपाईसँग केहि चिज राख्नुहोस् 

डिज्नील्यान्ड गएको समय केहि चिज आफुसँग हुनुपर्छ । 

– आफ्नो फेवरेट कार्टुन क्यारेक्टरको अटोग्राफ लिनका लागि अटोग्राफ बुक र कलम लानुपर्छ । 

– त्यहाँको विशेष क्षणहरुलाई कैद गर्नका लागि क्यामेरा, एक्ट्रा मेमोरी कार्ड र व्याट्री व्याकअप वोकौं । 

– ह्याट र ज्याकेट पनि त्यहा आवश्यक हुन्छ । 

स्ट्रिट फुड

डिज्नी ल्यान्ड घुमेको समय खानेकुराको स्वाद पनि लिन सकिन्छ । कर्न डग्स, मिकी वेनिएट्स, पीनट वाटर स्यान्डवीच, चिचिचांगा, हेनमेड क्यान्डी केन आदि यहाँका राम्रो स्न्याक्स् हुन् । 

शपिङ 

कार्टुन क्यारेक्टरको यो दुनियामा घुम्नका लागि जति मज्जा छ, उतिनै किनमेलको पनि । त्यहाँ पुगेपछि नानाथरीका खेलौना किनमेल गर्न सकिन्छ । यस्ता खेलौनाले डिज्नी ल्यान्ड घुमेको स्मरण समेत गराउँछ । 

 Image