Successfully Copied

पौडी र नृत्यप्रेमी अनुष्का

अनुष्का शर्मा हप्तामा चार दिन वेट ट्रेनिङका साथै योग पनि गर्छिन् । कार्डियो र डान्सिङलाई पनि उनले दैनिक आवश्यकताभित्र राखेकी छिन्।

अनुष्का शर्मा हप्तामा चार दिन वेट ट्रेनिङका साथै योग पनि गर्छिन् । कार्डियो र डान्सिङलाई पनि उनले दैनिक आवश्यकताभित्र राखेकी छिन् । त्यसो त नृत्य र पौडी उनको रुचि हो । उनले फिटनेसका लागि घरमै व्यायामशाला पनि बनाएकी छिन् । बिहान ६ बजेबाट उनको दैनिकी प्रारम्भ हुन्छ । सुरुमा एक्सरसाइज र योग गर्छिन् । बिदाको समय उनी मस्त आराम गर्छिन् । उनी तनावरहित जीवन बिताउन चाहन्छिन् । 

धेरै चिल्लो भएको स्पाइसी, तारेको, भुटेको खानेकुराबाट टाढा रहन्छिन् । अग्र्यानिक खाना खान्छिन्। धेरैजसो शाकाहार भोजन लिन्छिन् । ब्रेकफास्ट गरेको दुई घण्टापछि लन्च लिने गरेकी छिन् । लन्चमा भात र वोनलेस ग्रिल्ड चिकेन तथा एक कप फलफूल हुन्छ । त्यसको तीन घण्टापछि ड्राइ फ्रुट्स लिन्छिन् । 

 Image