चलचित्र मोदी बेनीमा बर्षा मुख्य भुमिकामा ,अनामिका सह निर्देशक
पछिल्लो समय नायिका बर्षा शिवकोटीको चलचित्रमा ब्यस्तता बढ्दै गएको छ । चलचित्र मोदी बेनीमा उनी अरु भन्दा फरक भुमिकामा देखिने भएकी छन् ।
इन्जिनियर सुरक्षा पन्त भिजेका रूपमा
सिभिल इन्जिनियर सुरक्षा पन्त अहिले सगरमाथा टिभीमा प्ले इट अन चलाउँछिन् । इमेज भिजे हन्टमा भाग लिएकी पन्तलाई त्यतिबेला आलोक नेम्वाङले अझै पनि चलचित्रका लागि प्रपोज गरेका थिए । अझै पनिमा उनलाई धेरै दर्शकले रुचाए तर उनले त्यसपछि कुनै पनि चलचित्रका अफर स्वीकार गरेकी छैनन् । समाजलाई नै परिवर्तन गर्ने खालको चलचित्रबाट अफर आयो भने मात्र अभिनय गर्ने उनको मनसाय छ । दुईवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुरक्षा टेलिभिजनमै रमाइलो लाग्ने बताउँछिन् । दुई वर्षसम्म सिभिल इन्जिनियरका रूपमा अपार्टमेन्टमा काम गरेर अहिले मिडियामै रमाइरहेकी सुरक्षा स्नातकोत्तरको तयारीमा छिन् । भविष्यमा सफल इन्जिनियर बन्ने सपना बुनेकी पन्त मिडिया भने नछाड्ने बताउँछिन् ।