Successfully Copied

बालबालिकाहरुसंग कसरी बाड्ने भावात्मक मुद्दाहरु

बालबालिकाहरुसंग भावात्मक मुद्दाहरु बाडनु पर्छ तर त्यसकालागि निकै सावधानी अपनाउनु पर्छ । बालबालिकाहरुसंग कुनैपनि भावात्मक मुद्दा आदान प्रदान गर्दा उनीहरुको उमेरलाइ ध्यान पुरयाउनु पर्छ । उनीहरुसंग वार्ता गर्दा उनीहरुको उमेर तथा समयलाइ बिचार पुरयाउनु पर्छ ।

बालबालिकाहरुसंग भावात्मक मुद्दाहरु बाडनु पर्छ तर त्यसकालागि निकै सावधानी अपनाउनु पर्छ । बालबालिकाहरुसंग कुनैपनि भावात्मक मुद्दा आदान प्रदान गर्दा उनीहरुको उमेरलाइ ध्यान पुरयाउनु पर्छ । उनीहरुसंग वार्ता गर्दा उनीहरुको उमेर तथा समयलाइ बिचार पुरयाउनु पर्छ । 

स्मार्ट अभिभावक तथा स्मार्ट बालबालिकाहरु 

सबै अभिभावक आफनो सन्ततीलाइ अगाडी तथा सफलतामा पुगेको हेर्न चाहन्छन । यसकालागि उनीहरु हरसम्भव प्रयास गर्छन । उनीहरुको सुखसुविधालागि उनीहरु कुनैपनि पक्षमा सम्झौता गर्न चाहदैनन । उनीहरुले चाहेको हरे साधन उनीहरु जुटाउन चाहन्छन । खानपान , शिक्षा दिक्षा , मनोरन्जनलगायतका हरेक तत्वहरु आफनो सन्ततीलाइ उत्कृष्ट दिन चाहन्छन । सबैकुराहरु परयाएपनि कुनै कुनै बालबालिकाहरु बिलक्षण प्रतिभाको धनी हुन्छन । कोहि सामान्य हुन्छन भने कोहि औसत हुन्छन । बच्चा जन्मने बित्तिकै उक्त बालबालिकाहहरुको कोषहरुले स्वास फेर्न शुरु गर्छ । धनकन पनि सुचारु हुन्छन । बालबालिकाहरुको बिकाश पाचवर्षसम्म हुन्छ । उनीहरुको पाच वर्षसम्म चौतर्फी बिकाश हुन्छ । प्रेमीयर इन्टरनेशलकी संस्थापक पवित्र लिम्बु बालकालिहरुको चौतर्फी बिकाश ५ वर्षसम्म हुने बताउछिन । त्यस उमेरमा हुने घटनाले उनीहरुलाइ लामो समयसम्म प्रभाव पार्ने बताउछिन । यो उमेर भएका जतिपनि घटनाले उसलाइ उमेरभरी प्रभाव पार्छ । यसले उक्त बालबालिकाको जीवन निर्धारित गर्छ । यसले उसको चौतर्फी बिकाशलाइ पनि बढावा दिन्छ । यसले आउने दिनकालागि मस्तिष्क बिकशित गर्छ । यद्यपी शिशुको मस्तिष्कको बिकाशको रहस्यका विषयमा उठेका प्रश्नहरुलाइ बिज्ञहरुले कुनै ठोस निचोड निकाल्न सकेका छैनन तर पनि अभिभावकहरुले गर्ने व्यवहारले उनीहरुलाइ प्रत्यक्ष प्रभाव भने पार्छ । उनीहरुको लालन पालन तथा उनीहरुले पढाएको पाठले उनीहरुलाइ भविष्यमा के बन्ने तय गर्छ । 

स्मार्ट अभिभावकालागि 

यदि बजारमा पाइने बालबालिकाहरुलाइ लक्षित गरिएको बालबालिकाहरुको बौदिक बिकाश गर्ने सामग्रीहरु उपलब्ध गराउने तथा उनीहरुलाइ चाडै प्ले स्कुलमा पठाउने क्रियाकलापले बालबालिकाहरुलाइ बौदिक बनाउछ भन्नु चाहि गलत सोचाइ हुन सक्छ । बिशेषज्ञहरुको राय अनुसार बालबालिकाहरको मस्तिष्कको बिकाश आमाबाबुले आफना सन्ततीहरुसंग बिताउने गुणस्तरीय समयले निर्धारण गर्छ । उनीहरुलाइ लालन पालन गर्ने तरिका आधुनिक होस या परम्पारगत होस यसले कुनै असर पुरयाउदैन । तर पनि टिभीमा देखाउने कार्टुन , कम्प्युटरको गेम , वेभ साइडको तुलनामा बालबालिकाहरसंग खेलीने सरल खेललेपनि उनीहरुलाइ एक्टिभ तथा स्मार्ट बनाउछ । किनकी आफनो अग्रजहरुसंग खेल्दा उनीहरुलाइ आत्मियता तथा स्नेहको अनुभव हुन्छ । यस्तो बालबालिकाहरुको बराबरी कसैले गर्न सक्दैन । स्मार्ट शिशुकालागि आफु स्मार्ट अभिभावक बन्नु पर्छ । उसले आफनो वरीपरि देखेको कुराहरु पछयाउछ । त्यसैले स्कुल छान्दा स्कुलको शिक्षिका छान्दा बिचार पुरयाउनु पर्छ । ठूलाको देखासिकी सानाले गर्छन । उनीहरुलाइ यसको प्रभाव पर्छ । त्यसैले उनीहरुको बिकाशकालागि केहि कुराहरु बिचार पुरयाउनु पर्छ । 

जन्मेको ४ महिना 

शिशु जन्मेको चार महिनासम्म उनीहरुलाइ लोरी गाएर सुनाउनु पर्छ । उनीहरुको अघि थरी थरीको अनुहार बनाएर देखाउनु पर्छ । उनीहरुलाइ काउकुती लगाउनु पर्छ । उनीहरुको अगाडी रंगीचंगी सामान नचाएर देखाउनु पर्छ । खेलौना या झुम्मर झुन्डाउनु पर्छ । कुनैपनि शब्दलाइ बारबार दोहोराउनु पर्छ । शिशुलाइ केहि देखाउदा उनीहरुलाइ बताएर देखाउनु पर्छ । हरेक कुरा गरेर देखाउनु पर्छ । 

४ देखि ६ महिनासम्म 

यो उमेर उनीहरुले आफुलाइ बिस्तार गर्ने महिना हो । यो निकै महत्वपुर्ण समय हो । साना साना सफट टोयजहरुलाइ माया गर्न तथा अंकमाल गर्न सिकाउनु पर्छ । साना साना प्लाष्टिकका ब्लक्स उनीहरुलाइ खेल्न दिनु पर्छ । उनीहरुलाइ क्रियाकलाप गर्न छोडि दिनु पर्छ । यसलाइ उनीहरु कसरी प्रयोग गर्छन सिकाउनु पर्छ । उनीहरुलाइ फरक फरक आवाज आउने संगीत सुनाउनु पर्छ । रंगीचंगी तस्बिर भएको किताब देखाउनु पर्छ । देखाएपछि उनीहरुको प्रतिकृया अवलोकन गर्न पर्छ । कडा सामग्रीहरु छाम्नकालागि उनीहरुलाइ दिनु पर्छ । यसलाइ भित्रैबाट अनुभव हुन दिनु पर्छ । 

६ महिनादेखि १८ महिनासम्म 

यो उमेर बालबालिकाहरु निकै चंचल हुन्छन । दिनहु प्रयोग हुने सामग्रीहरुबारे उनीहरुालइ जानकारी दिनु पर्छ । उनीहरुलाइ शब्द उच्चारण गरी दोहोराउन लाउनुु पर्छ उनीहरुलाइ चलाएर देखाउनु पर्छ । एक्सन गरेर देखाउनु पर्छ । लुकीछिपी खेल्नु पर्छ । 

 Image