Successfully Copied

गाउँमा बिमा गर्नेको संख्या बढ्दो छ - सिईओ पराजुली

नेपाल लाइफ इन्स्योरेन्सका ७७ वटै जिल्लामा शाखा छन् । गाउँमा बिमा गर्नेको संख्या पनि बढी छ ।

प्रवीण रमण पराजुली, सिईओ,नेपाल लाइफ इन्सुरेन्स

जीवन बिमा भनेको के हो ? किन गर्ने ?
भविष्यमा हुनसक्ने कुनैपनि आर्थिक जोखिमबाट बच्न अपनाउने विधि नै जीवन बिमा हो । भविष्यमा हुनसक्ने दुर्घटना, जटिल रोग, असामयिक मृत्यु आदिमा आर्थिक बोझबाट बच्नका लागि जीवन बिमा जरुरी हुन्छ । भविष्यमा आइपर्ने कुरा थाहा हुँदैन । दुर्घटनामा परेर अंगभंग हुनसक्छ, जटिल रोगको औषधोपचार गर्नुपर्ने हुनसक्छ । यी प्रतिकूलतामा धेरै पैसा आवश्यक पर्न सक्छ । सोही आवश्यकता पूरा गर्न आफू सबल, सक्षम रहँदा गरिने बचतको प्रक्रिया नै बिमा हो । आफूले काम गर्न, आयआर्जन गर्न नसक्ने अवस्थामा पनि घरपरिवार चलाउन खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ, त्यसको परिपूर्ति बिमाबाट गर्न सकिन्छ । भविष्यको सम्भावित जोखिमबाट सहज रूपमा निकास पाउन गरिने आर्थिक व्यवस्थापन नै बिमा हो तर जीवन बिमाका पनि आफ्नै सर्त र परिधि छन् ।

बिमामा पुरुषको तुलनामा बढी महिला किन अभिकर्ता हुन्छन् ?

तथ्यांकलाई आधार मान्ने हो भने करिब ५१ हजारले बिमाको लाइसेन्स लिएका छन् । त्यसमध्ये झन्डै ५१ प्रतिशत महिला छन् । घरपरिवार सम्हालेर पनि काम गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढेको हुनसक्छ । साथै महिलामा धैर्य एवं अठोट बढी हुन्छ ।

ग्रामीण र सहरी क्षेत्रमा बिमाको अवस्था कस्तो छ ?
नेपाल लाइफ इन्स्योरेन्सका ७७ वटै जिल्लामा शाखा छन् । गाउँमा बिमा गर्नेको संख्या पनि बढी छ । त्यहाँ भएका हाम्रा कम्पनीका शाखामा बिमा गराउने धेरै छन् । जनसंख्याको हिसाबले बिमा गर्ने सहरमा बढी देखिन्छन् ।

बिमा प्रक्रियामा सधैं किन ढिलो हुन्छ ?
बिमाको प्रक्रियामा गलत धारणा स्थापित भएको छ । जीवन बिमामा भन्दा निर्जीवन बिमाको प्रक्रियामा केही ढिलो हुनसक्छ । यस्तो हुनुको मुख्य कारण भनेको धेरैमा पर्याप्त कागजातको अपुग नै हो । किनभने बिमा कम्पनीले नीति–नियममा रहेर काम गर्नुपर्छ ।

 Image