Successfully Copied

नेपालमा डिजिटल बैंकिङ्कको भविष्य राम्रो छ

नेपालजस्तो विद्युतीय कारोबारमा भर्खरै गति लिन थालेको देशमा विभिन्न आपराधिक व्यक्ति तथा गिरोहले सोझा मानिसहरूलाई फकाएर, झुक्याएर वा प्रलोभनमा पारेर उनीहरूको डिजिटल भुक्तानीका उपकरणहरू र बैंक खातामा समेत पहुँच पु¥याई आर्थिक क्षति गराइदिने पाइएकाले सर्वसाधारण प्रयोगकर्ताहरू अलि चनाखो हुनु आवश्यक छ ।


मनोज घिमिरे (हेड कार्ड सर्भिसेस, लक्ष्मी सनराइज बैंक)

डिजिटल बैंकिङ् भनेको के हो ?
भौतिक रूपमा बैंक वा वित्तीय संस्थाका कार्यालयमा उपस्थित नभई इन्टरनेट, एसएमएस, कम्प्युटर, ल्यापटप, मोबाइल इत्यादि प्रयोग गरी बैंकिङ् सुविधा अर्थात् बैंकको सेवा–सुविधा लिने प्रक्रिया नै डिजिटल बैंकिङ् हो । डिजिटल बैंकिङ्भित्र ग्राहकले पाउने सेवा–सुविधाहरूको डिजिटाइजेसन, भुक्तानीका उपकरणहरूको डिजिटाइजेसन तथा बैंकका आन्तरिक प्रक्रियाहरूको अटोमेसन र डिजिटाइजेसन प्रमुख पाटा हुन् ।

डिजिटल पेमेन्ट भनेको के हो ?

डिजिटल पेमेन्ट भनेको नगदको प्रयोग नगरी विभिन्न डिजिटल भुक्तानीका उपकरण प्रयोग गरी गरिने कारोबारहरू हुन् । यसलाई विद्युतीय कारोबार पनि भनिन्छ ।

डिजिटल पेमेन्टको सवालमा के–कस्ता बैंकिङ् प्लेटफर्म उपलब्ध छन् ?
डिजिटल भुक्तानीका सवालमा मुख्य गरी कार्ड र मोबाइल भुक्तानी मुख्य दुई हुन् । कार्डभित्र डेबिड, क्रेडिट र डलर कार्डलगायतका इ–कार्ड प्रयोग गरेर नेपालभित्रै वा विदेशमा समेत कार्डको प्रयोग गरेर पिओएस (प्वाइन्ट अफ सेल) मार्फत भुक्तानी गर्ने, अनलाइन वा इ–कमर्समार्फत भुक्तानी गर्ने, त्यसैगरी एटीएमबाट नगद झिक्ने तथा कार्डलाई ट्याप एण्ड पे गरी भुक्तानी गर्ने सुविधा छन् । त्यसैगरी मोबाइल वा पेमेन्टअन्तर्गत अन्य कुनै खातामा रकम ट्रान्सफर गर्ने, बिल पेमेन्ट गर्ने, क्युआरमार्फत पेमेन्ट गर्ने सुविधा उपलब्ध छन् ।

पिओएस पेमेन्ट भनेको के हो ?
पिओएस (प्वाइन्ट अफ सेल) भनेको एउटा विद्युतीय मेसिन हो । त्यसमार्फत व्यवसायीहरूले भुक्तानी स्वीकार गर्न सक्छन् । यसका लागि क्रेताले आफ्नो डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी सोझै यो मेसिनमार्फत बिक्रेतालाई आफूले खरिद वा उपभोग गरेका वस्तु वा सेवाको भुक्तानी गर्न सक्छन् ।

डिजिटल बैंकिङ्का फाइदा के–कस्ता छन्?
यो सुरक्षित हुनु नै पहिलो फाइदा हो । चौबीसै घण्टा सेवा उपलब्ध हुने हुँदा सहज पनि छ । विभिन्न कारोबारको विवरण बैंक खातामै रहने भएकाले पनि प्रयोगकर्ताका लागि पुराना रेकर्ड हेर्न सहज हुन्छ । समय र खर्च बचत अर्को फाइदा हो ।

डिजिटल बैंकिङ् साक्षरता किन आवश्यक छ ?
नेपालजस्तो विद्युतीय कारोबारमा भर्खरै गति लिन थालेको देशमा विभिन्न आपराधिक व्यक्ति तथा गिरोहले सोझा मानिसहरूलाई फकाएर, झुक्याएर वा प्रलोभनमा पारेर उनीहरूको डिजिटल भुक्तानीका उपकरणहरू र बैंक खातामा समेत पहुँच पु¥याई आर्थिक क्षति गराइदिने पाइएकाले सर्वसाधारण प्रयोगकर्ताहरू अलि चनाखो हुनु आवश्यक छ । यसका लागि आफ्नो व्यक्तिगत बैंकिङ विवरणहरू, पासवर्ड, पिन नम्बर, ओटिपी नम्बर, कार्ड नम्बर जस्ता संवेदनशील सूचनाहरू अरु कसैलाई थाहा दिनु हुँदैन ।

नेपालमा डिजिटल बैंकिङ्को भविष्य कस्तो छ ?
नेपालमा डिजिटल बैंकिङ्को भविष्य निकै राम्रो छ । नेसनल पेमेन्ट गेटवेको सुरुवात हुन लागेको अहिलेको अवस्थामा थप नेपाल सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रमा दिइने बायोमेट्रिकलाई नै डिजिटल बैंकिङ्का लागि प्रयोग गर्न सकिने अवस्था भएको खण्डमा नेपालको डिजिटल बैंकिङको परिदृश्य काया पलट हुनेछ ।

 Image