नारी सौन्दर्यका लागि मेकअप जरुरी हुन्छ । यसले सौन्दर्यमा निखारता ल्याउँछ । सबैभन्दा पहिले अनुहारमा भएको फोहोर क्लिनर र फेसवासले सफा गर्नुपर्छ । फेसवास नभए सफा पानीले पनि अनुहार धुन सकिन्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । यसले अनुहारको छालामा भएको खुल्ला छिद्रलाई बन्द गर्छ । त्यसपछि मोस्चराइजर क्रिम लगाएर दुई मिनेट त्यत्तिकै छाड्नुपर्छ । त्यसपछि सनस्क्रिन लगाएर आइब्रोको सेप मिलाउनुपर्छ । यसका लागि आइब्रो पेन्सिल र पावर प्रयोग गरेर हल्का डार्क बनाउनुपर्छ ।
क्रिम सेट अब्जर्ब भइसकेपछि प्राइमर लगाउनुपर्छ । आफ्नो स्किन कलरलाई सुहाउने फाउन्डेसन पनि आवश्यक हुन्छ । तैलीय छाला हुनेले म्याट बेस र सुक्खा छाला हुनेले ओयली बेस भएको फाउन्डेसन स्पन्ज–ब्रसको सहायताले लगाउनुपर्छ । फाउन्डेसन सेट भइसकेपछि गालामा ब्रसले तलबाट माथि हल्का पिंक कलर ब्लसर लगाउनुपर्छ । सारीको रङअनुसार म्याच गर्न सके उत्तम हुन्छ । त्यसपछि आइलाइनर र गाजल लगाउन सकिन्छ । अन्त्यमा टीका र लिपिस्टिकले सौन्दर्यमा निखार ल्याउँछ । चाडपर्व, पार्टीलगायतका कार्यक्रममा पनि यसरी नै मेकअप गर्न सकिन्छ ।
अमिका महत, सौन्दर्यविद्