Successfully Copied

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिनको प्रयोगले सूर्यको अल्ट्रा भाइलेट किरणबाट बचाएर छालाको सुरक्षा गर्छ । अल्ट्रा भाइलेट किरण छालामा देखिने विभिन्न समस्याको कारक हो । बजारमा विभिन्न कम्पनीका सनस्क्रिन उपलब्ध छन् । तर सबैलाई सबै प्रकारका सनस्क्रिन सुट गर्छन् भन्ने छैन ।


के तपाईं घरबाट निस्कने बेला सनस्क्रिन प्रयोग गर्नुहुन्छ ? यदि नियमित रूपमा सनस्क्रिन प्रयोग गर्नुहुन्न भने तपाईंको छालामा हानि हुनसक्छ । छालामा टेनिङ, प्रि म्याचोर एजिङ, सनबर्न र छालाको क्यान्सर हुने जोखिम बढ्छ । छालामा देखिने विभिन्न समस्याबाट बच्नका लागि गुणस्तरीय कम्पनीका सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । यसको नियमित प्रयोगले सूर्यको हानिकारक किरणबाट बचाउने मात्र होइन अनुहारको छालामा देखा पर्ने अधिकांश समस्याबाट छुटकारा मिल्छ । छालामा देखिने धेरै समस्या युभी किरणकै कारण हुन्छन् । घाममा निस्कनु आधा घण्टाअघि सनस्क्रिन प्रयोग गर्दा छाला स्वस्थ एवं जवान देखिन्छ र छालाको क्यान्सर हुने जोखिम पनि कम हुन्छ ।


सनस्क्रिन भनेको के हो ?
सनस्क्रिनको प्रयोगले सूर्यको अल्ट्रा भाइलेट किरणबाट बचाएर छालाको सुरक्षा गर्छ । अल्ट्रा भाइलेट किरण छालामा देखिने विभिन्न समस्याको कारक हो । बजारमा विभिन्न कम्पनीका सनस्क्रिन उपलब्ध छन् । तर सबैलाई सबै प्रकारका सनस्क्रिन सुट गर्छन् भन्ने छैन । घाममा निस्कनु आधा घण्टाअघि सनस्क्रिन प्रयोग गर्नुपर्छ । सूर्यको किरण दिउँसो ८ बजेदेखि ४ बजेसम्म हानिकारक हुन्छ । दिनमा तीनपटक दुई–दुई घण्टाको फरकमा सनस्क्रिन प्रयोग गर्नुपर्ने छाला तथा सौन्दर्य विशेषज्ञहरू बताउँछन् ।

सनस्क्रिनको छनोट
सनस्क्रिन लोसन, जेल, क्रिम, स्प्रे आदि विभिन्न प्रकारका हुन्छन् । आफूलाई सहज र छालामा सुट गर्ने र छालाको प्रकारअनुसारको सनस्क्रिनको छनोट गर्नुपर्छ । एक्ने भएको अनुहारमा जेल बेस्डको सनस्क्रिन उपयुक्त हुन्छ । यदि छाला सुख्खा छ भने क्रिम वेस्ड सनस्क्रिन प्रयोग गर्नुपर्छ । सुख्खा, चिल्लो, कम्बिनेसन, संवेदनशील छालाअनुसारको सनस्क्रिन बजारमा उपलब्ध हुन्छ । नियमित मेकअप गर्नेहरूले ग्रिजी सनस्क्रिनको छनोट गर्नुपर्छ । सनस्क्रिनमा एक्टिभ इन्ग्रेडिएन्टले सूर्यको युभी र युभीबी किरणबाट बचाइराख्छ । त्यसैले सनस्क्रिनको छनोट गर्दा सही इन्ग्रेडिएन्ट भएको हुनुपर्छ ।


सनस्क्रिन खरिद गर्नुअघि एसपिएफ नम्बरमा पनि ध्यान दिनुपर्छ । कति समयसम्म सूर्यको सम्पर्कमा रहँदा छालाको सुरक्षा गर्छ सोहीअनुसार एसपिएफको प्रयोग गर्नुपर्छ । लामो समयसम्म घरबाट बाहिर बस्नेले धेरै एसपिएफ भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा कम हिँड्नेले कम एसपिएफ भएको प्रयोग गर्न सक्छन् । त्यसैगरी सनस्क्रिन वाटर रेसिस्टेन्ट भएको प्रयोग गर्नुपर्छ । गर्मीमा स्विमिङ गर्दा वा पसिना धेरै निस्कदा सनस्क्रिनले काम गर्दैन । त्यसैले वाटर रेसिस्टेन्ट भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । सनस्क्रिन खरिद गर्दा उत्पादन मिति हेर्नुपर्छ । 

 Image