आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’
आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् ।

भक्तपुर लोकन्थलीकी संस्कृति दाहाललाई मेकअपप्रति औधी रुचि छ । उनी फुर्सद हुनेबित्तिकै ‘मेकअप’ सिकाउने भिडियो हेर्छिन् र मेकअप गर्न थाल्छिन् । भिडियोमा देखाएजस्तो सहज नहुने बताउँदै उनी भन्छिन्, ‘भिडियोमा कति सजिलोसँग मेकअप गरेजस्तो लाग्छ तर भिडियोमा देखाएजस्तो हुँदैन ।’ भिडियोमा देखाउनका लागि प्रयोग गर्ने सौन्दर्य प्रसाधन र हामीले प्रयोग गर्ने प्रसाधनमा फरक भएकाले आफूले चाहेजस्तो परिणाम नआउने संस्कृति बताउँछिन् ।
काठमाडौंकी सविना आले भिडियो हेरेर नै आफूले ‘मेकअप’ सिकेको बताउँछिन् । ‘सुरुमा मेकअपबारे केही बुझेकी थिइनन् । मेकअपको भिडियो हेरेर नै सुधार गरेकी हुँ’ उनी भन्छिन्, ‘मलाई कुन सामान कसरी र कहाँ प्रयोग गर्ने भन्ने बारेमा पनि थाहा थिएन ।’
संस्कृति र सविनाजस्तै काठमाडौंकी उषा निरौला पनि भिडियो हेरेर नै ‘मेकअप’ सिकेको बताउँछिन् । उनले नेपाली र विदेशी थुप्रै ‘मेकअप आर्टिस्ट’लाई पछ्याउने गरेकी छन् । त्यहीँबाट नयाँ–नयाँ ‘ट्रेन्ड’ थाहा पाउँछिन् । उनी भन्छिन्, ‘मलाई मेकअप गर्न एकदमै मनपर्ने, तर मेकअप कसरी गर्ने भन्ने कुरा थाहा थिएन । भिडियोहरू हेर्दै गएपछि सिक्दै गएँ ।’ उषालाई सुरुमा केको प्रयोग गर्ने, त्यसपछि कुन लगाउने भन्ने थाहा थिएन । उनी सुनाउँछिन्, ‘मेकअपको प्रसाधनसम्बन्धी केही ज्ञान थिएन । विस्तारै त्यसको नाम र प्रयोग सिक्दै गएँ ।’
सिक्ने अवसर
‘मेकअप’ गर्न सिकाउने भिडियोहरूले धेरै कुरा सिक्ने अवसर पाएको संस्कृति बताउँछिन् । उनी भन्छिन्, ‘मलाई आइब्रो राम्रोसँग बनाउन आउँछ । त्यो सँगै मैले मेकअपकाबारे स–साना धेरै कुरा सिकेकी छु ।’
‘मेकअपको बेसिक भन्दा बेसिक कुरा भिडियोबाटै सिकेकी हुँ’ सविना भन्छिन्, ‘मेकअपबारे केही थाहा थिएन ।
सायद भिडियो नभएको भए म यति जान्ने हुने थिइन होला ।’ उनी थप्छिन्, ‘कि त मेकअपका लागि छुट्टै क्लास लिनुपथ्र्यो, त्यसका लागि समय र पैसा दुवै खर्चनुपथ्र्यो । तर भिडियो त म जतिबेला पनि हेर्न सक्छु । राम्रो भिडियो देखें भने सेभ गरेर राख्छु र फुर्सदमा हेरेर सिक्छु ।’ ‘मेकअप एउटा कला हो, सीप हो ।’ उषा भन्छिन्, ‘सीप भनेको जानेको नै राम्रो हो । चाहे त्यो मेकअप नै किन नहोस् । सीपले हाम्रो जीवन सहज बनाइदिन्छ ।’ मेकअप गर्न जान्ने भएपछि सबैले मेकअप गर्न बोलाउने उषा बताउँछिन् ।
कम गुणस्तरका सौन्दर्य प्रसाधन हुनु
भिडियोमा देखाएजस्तो ‘मेकअप’ आफूले गर्दा नहुनुको कारण गुणस्तरीय सौन्दर्य प्रसाधनको सामग्री भएको बुझ्छिन् संस्कृति । उनी भन्छिन्, ‘त्यही सामग्री, त्यही नामको भए पनि रिजल्ट भिडियोको जस्तो देखिँदैन । यसो हुनुको पछाडि कम गुणस्तरको प्रसाधन हो जस्तो लाग्छ ।’ सविना पनि त्यसै भन्छिन्, ‘एकदम राम्रो भनेर ल्याए पनि भिडियोमा प्रयोग गरेजस्तो रिजल्ट देखिँदैन ।’ त्यसैले उनी सौन्दर्य प्रसाधनका सामग्री विदेशबाटै मगाउ“छिन् । साथी वा आफन्तलाई उपहारस्वरूप ‘मेकअप किट’ नै ल्याइदिनू भन्ने गरेकी छिन् ।