Successfully Copied

सुन्दर रहन

स्किनमा टाँसिएका फोहोर, मेकअप आदि उतार्न तथा छालाको सफाइका लागि प्रत्येक राति राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्छ । क्लिन्जिङ गरिसकेपछि टोनर लगाउने अनि सुत्नुअघि नाइट क्रिम अनिवार्य दल्ने । यदि छाला फुटेको छ भने सुत्ने बेलामा ग्लिसरिन तथा कागतीको मिक्स घोल प्रयोग गर्दा छाला चाँडै

स्किनमा टाँसिएका फोहोर, मेकअप आदि उतार्न तथा छालाको सफाइका लागि प्रत्येक राति राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्छ । क्लिन्जिङ गरिसकेपछि टोनर लगाउने अनि सुत्नुअघि नाइट क्रिम अनिवार्य दल्ने । यदि छाला फुटेको छ भने सुत्ने बेलामा ग्लिसरिन तथा कागतीको मिक्स घोल प्रयोग गर्दा छाला चाँडै रिकभर हुनुका साथै नरम पनि हुन्छ ।

सोप फ्रि फेसवास वा एलोवेरा एवं महयुक्त फेसवासले अनुहार धुनुपर्छ । त्यसपछि राम्रो स्किन टोनर एप्लाई गर्नुपर्छ । स्किन टोनर लगाएपछि हाई मोइस्चरयुक्त मोइस्चराइजर लगाउनुपर्छ । सनब्लकमा भएको मोइस्चराइजर विन्टर सिजनमा स्किनको आवश्यकताअनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्नुपर्छ । ओठको स्याहारका लागि राम्रो ब्रान्डको लिप बाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउन सकिन्छ ।

स्किनमा टाँसिएका फोहोर, मेकअप आदि उतार्न तथा छालाको सफाइका लागि प्रत्येक राति राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्छ । क्लिन्जिङ गरिसकेपछि टोनर लगाउने अनि सुत्नुअघि नाइट क्रिम अनिवार्य दल्ने । यदि छाला फुटेको छ भने सुत्ने बेलामा ग्लिसरिन तथा कागतीको मिक्स घोल प्रयोग गर्दा छाला चाँडै रिकभर हुनुका साथै नरम पनि हुन्छ ।

अल्कोहलयुक्त वा ड्राइ साबुनले शरीर धुँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि बडी वास प्रयोग गर्नुपर्छ । शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त बडी लोसन पूरै शरीरमा लगाउनुपर्छ । हातखुट्टा बढी सुख्खा छ भने बडी लोसनका साथै कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ ।

हातखुट्टा चिसा हुँदा पनि बढी सुख्खा हुने भएको हुँदा शरीरका साथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ । अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता प्याक लगाउनुपर्छ । हरेक महिना आफ्नो स्किनको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुपर्छ । 

 Image