चिल्लो केशको हेरचाह
महिला–पुरुष दुवैमा चिल्लो केश हुनुको प्रमुख कारण भनेको अतिरिक्त ‘सिबम’ बढी उत्पादन हुनु नै हो ।

अनुहारको सुन्दरतामा आँखीभौंको कस्तो भूमिका हुन्छ ?
अनुहारको सुन्दरतामा आँखीभौंको महत्वपूर्ण भूमिका हुन्छ । आँखीभौं न धेरै मोटो सुहाउँछ न धेरै पातलो । आँखीभौं अनुहार तथा आँखाको सेपअनुसार भयो भने सुनमा सुगन्ध हुन्छ ।
माइक्रो ब्लेडिङ भनेको के हो ?
माइक्रो ब्लेडिङ आँखीभौं पातलो भएका वा आँखीभौं नै नभएका वा आँखीभौं बिग्रिएकाहरूका लागि उपयोगी छ । यो नेचुरल हेयर इस्ट्रोक दिई आँखीभौंलाई आफूलाई सुहाउँदो आकार दिँदै लामो समयसम्म टिकाउने अत्याधुनिक प्रविधि हो । यो प्रविधि विश्वभर लोकप्रिय छ ।
माइक्रो ब्लेडिङ कति समयसम्म टिक्छ ?
सामान्यत: १८ महिनादेखि २ वर्षसम्म टिक्छ । टिक्ने अवधि यसको हेरचाहमा पनि भर पर्छ ।
माइक्रो ब्लेडिङ छोटो समयमै लोकप्रिय हुनुको कारण के होला ?
मानिस स्वभावैले जिज्ञासु हुन्छ । यो एउटा नयाँ प्रविधि भएकाले पनि मानिसहरू यसप्रति आकर्षित छन् । अहिले पर्मानेन्ट आँखीभांै बनाएर पछुताउनेहरू पनि प्रशस्तै छन् । परमानेन्ट आइब्रो बनाएपछि जीवनभरिलाई हुन्छ र त्यसलाई हटाउन कठिन हुन्छ । तसर्थ मानिसहरूले खोजेजस्तो विकल्प भेटेर पनि होला यो प्रविधि लोकप्रिय भएको । यो विधिले आइब्रो मिलाइरहनुपर्ने झन्झटबाट मुक्ति दिन्छ । यसले पातलो आँखीभौंलाई भनेजस्तै बाक्लो बनाइदिन्छ । आँखीभौं राम्रो भए रूप पनि राम्रो देखिन्छ । यो नजिकैबाट नियाल्दा पनि प्राकृतिक देखिन्छ । यसमा बीचबीचबाट फिलिङ पनि गर्न मिल्छ ।
यसको प्रयोगमा कत्तिको पीडा हुन्छ ?
यो प्रोसेस गर्नुअघि रम्बिङ क्रिम लगाइन्छ । राम्रोसँग रम्ब भएपछि मात्र माइक्रो ब्लेडिङ गरिने भएकाले साधारणतया दुख्दैन । छालाको मध्यभागमा पिग्मेन्ट राखिएका कारण यसबाट कुनै पनि प्रकारको साइडइफेक्ट हुँदैन । माइक्रो ब्लेडिङ गरिसकेपछि ट्रिटमेन्ट क्रिमहरू भने लगाइरहनुपर्छ ।
यसमा ध्यान दिनुपर्ने अन्य कुरा के–के हुन् ?
यो एकदमै संवेदनशील कार्य हो । सर्वप्रथम दक्ष व्यक्तिबाट मात्र माइक्रो ब्लेडिङ गराउनुपर्छ । गर्ने र गराउने दुवैको हाइजिन तथा सानटाइजिङमा ध्यान पुर्याउनुपर्छ । माइक्रो ब्लेडिङ गर्दा डिस्पोजेबल सामग्री मात्र प्रयोग गर्नुपर्छ । संक्रामक रोग, मधुमेह, ब्लडप्रेसर, प्रिग्नेन्सी, महिनावारी आदि भएको हुनुहुँदैन । एकपटक प्रयोग गरेको हुल्स पुन: प्रयोग गर्नुहुँदैन । सबैभन्दा पहिले ग्राहकको सही र आवश्यक सबै जानकारीलिएर प्रि एवं पोस्ट केयरसम्बन्धी जानकारी दिनुपर्छ । यो विधि १८ वर्षमाथिका व्यक्तिले मात्र अपनाउनु उचित हुन्छ ।
माइक्रो ब्लेडिङमा जोखिम कत्तिको हुन्छ ?
माइक्रो ब्लेडिङ जोखिमपूर्ण छ भन्न मिल्दैन तर माइक्रो ब्लेडिङ गर्नेहरू यसको विज्ञ हुनु जरुरी छ । अगाडि र पछाडिको स्याहार, छालाको ज्ञान, हुल्स गर्ने आदि कुरामा सावधानी अपनाउन सकियो भने यो जोखिमपूर्ण हुँदैन ।
कस्ता मानिसले माइक्रो ब्लेडिङ गराउनु हुँदैन ?
रगतबाट सर्ने विभिन्न रोग तथा संक्रमण भएका, सुगर, ब्लडप्रेसर, थाइराइड, आँखीभौंमा कोठी भएका, किमो थेरापी लिएका, आइब्रो टाटु गरेका, नम्बिङ क्रिम वा मेटल एलर्जी भएका, प्रिग्नेन्सी पिरियड, नसा फुट्नेजस्ता समस्या भएका व्यक्तिले माइक्रो ब्लेडिङ गराउनुहुँदैन ।
यो विधि कसरी संचालन गरिन्छ ?
छाला र अनुहारको बनावटअनुरूप आइब्रोको सेप मिलाएपछि ब्लेडिङ सुरु गरिन्छ । यसो गर्दा आँखीभौंको हड्डी ख्याल गर्नुपर्छ । हड्डीअनुसारकै सेप निकाल्नुपर्छ । सुहाउँदो सेप निकालेपछि खोप्न सुरु गरिन्छ । एकजनाको माइक्रो ब्लेडिङ गर्न कम्तीमा पनि दुई घन्टा लाग्छ ।
खर्च कति लाग्छ ?
यो प्रक्रिया दुई सेटिङमा पूरा गरिन्छ । पहिलो सेटिङ आइब्रोको प्रकार हेरेर ७ हजारदेखि १५ हजारसम्म लाग्छ भने दोस्रो सेटिङका लागि १ हजारदेखि २ हजार ५ सयसम्म लाग्छ ।
यसको प्रशिक्षणका लागि कति खर्च गर्नुपर्छ ?
यसको प्रशिक्षण ३५ हजारदेखि १ लाख २० हजारसम्ममा प्रदान गरिन्छ । यसका साथमा ब्लड बर्न प्याथोलोजीको ३ महिने कोर्स गर्नु अझ राम्रो हुन्छ ।
- जुम ब्युटी एकेडेमी विथ
मेकअप स्टुडियो, कुपन्डोल