Successfully Copied

डन्डिफोर र कालोपन

गुलियो खाना, मोटोपन, तेल, सी फुड, अल्कोहल, मानसिक तनाब, रिस, गर्मी, पिरो–मसलेदार भोजन, बट्टामा राखिएका खाद्यपदार्थ, जंक फुड, अत्यधिक तैलीय छाला आदिका कारण अनुहारमा डन्डिफोर तथा कालोपन उत्पन्न हुन्छ ।

कारण : गुलियो खाना, मोटोपन, तेल, सी फुड, अल्कोहल, मानसिक तनाब, रिस, गर्मी, पिरो–मसलेदार भोजन, बट्टामा राखिएका खाद्यपदार्थ, जंक फुड, अत्यधिक तैलीय छाला आदिका कारण अनुहारमा डन्डिफोर तथा कालोपन उत्पन्न हुन्छ ।

उपचार :

  • अनुहारमा हर्बल फेसप्याक लगाउने, युकेलिप्टस एसेन्सियल आयल लगाएर स्टिम बाथ लिने । नियमित रूपमा आधा घन्टा व्यायाम गर्ने, जसबाट पसिना निस्कियोस् ।
  • एस्ट्रिजेन्ट, टोनर आदि नलगाउने । हर्बल पाउडर तथा गुलाबजलले मात्र अनुहार धुने ।
  • दुई पटकभन्दा बढी साबुनले अनुहार नधुने । एस्ट्रिजेन्ट लोसनले अनुहार सफा गर्नाले छालाको तैलीयपनमा कमी आउँछ तर सोझै एस्ट्रिजेन्ट मात्र नलगाउने । गुलाब जल तथा एस्ट्रिजेन्ट बराबर मात्रामा मिसाएर दिनमा दुई–तीन पटक लगाउने ।
  • ब्ल्याक हेड्स तथा डन्डिफोरलाई जबर्जस्ती हटाउने प्रयास नगर्ने । त्यसलाई नङले समेत कोट्याउनु हुँदैन । ब्युटिपार्लरमा गएर अनुहार सफा गराउन सकिन्छ ।
  • दिनमा एकपटक अनुहारमा दही लगाउने र १५–२० मिनेटपछि धुने । दहीमा पाइने इन्जाइमले पनि एक्नेको उपचारमा सहयोग पुग्छ ।
  • अनुहारको डन्डिफोरमा ताजा लसुनको पेस्ट लगाउँदा डन्डिफोर कम हुँदै जान्छ ।
  • काटेको प्याज डन्डिफोर आएको ठाउँमा २० मिनेटजति राख्ने । त्यसको एन्टी फंगल तथा एन्टी इन्फ्लेमेटरी गुणले डन्डिफोरलाई पूर्णरूपमा बाहिर निस्कन दिँदैन ।
  • टमाटर तथा कागतीको रस मिसाएर अनुहारको मसाज गर्ने । १५ मिनेटपछि अनुहार पखाल्ने । प्रत्येक २ दिनपछि यो प्रक्रिया दोहोर्‍याउने । यसले अनुहारको अनावश्यक तैलीयपन कम हुन्छ ।
  • स्याउको बोक्रा ताछेपछि भित्रको भागलाई ब्लेन्डरमा ब्लेन्ड गर्ने । यसलाई अनुहारमा आधा घन्टासम्म राखेपछि चिसो पानीले पखाल्ने ।
  • स्ट्रबेरी (यसको साटो अन्य कुनै पनि फलफूल लिन सकिन्छ) मा थोरै दही मिसाएर लेदो बनाउने र अनुहारमा लगाउने । केही मिनेटपछि अनुहार सफा गर्ने ।
  • स्ट्रबेरी, अंगुर, स्याउ तथा सुन्तलालाई एकैपटक ब्लेन्ड गर्ने । अनुहारमा सख्खरको पातलो लेप दली यो फलफूलको पेस्टलाई मास्कजस्तै गरी लगाउने । आधा घन्टापछि अनुहार धुने ।
  • चन्दन पाउडरले डन्डिफोरको उपचारका साथै सुरक्षा कवचको पनि काम गर्छ । चन्दनमा औषधीय गुण हुन्छ । यसबाहेक चन्दन एउटा उत्कृष्ट सनस्क्रिन पनि हो ।
  • यदि चन्दन पाउडरलाई गुलाबजलसँग मिसाएर डन्डिफोर आउनासाथ लगाउने हो भने डन्डिफोर बढ्न पाउँदैन ।
  • मेवा, टमाटर तथा कागतीको रस मिसाएर बनाइएको प्याक अनुहारमा लगाएर हल्का हातले मसाज गर्ने ।
  • आधा–आधा कप अनारको रस तथा अनारको लेदो (रस निकालेपछि बचेको भाग) लाई छुट्याएर राख्ने र कपासको सहयोगले अनुहार एवं घाँटीमा लगाउने । तीन मिनेटसम्म त्यत्तिकै छाडेपछि लेदो अनुहार तथा घाँटीमा दल्ने । पछि हल्का मनतातो पानीले सफा गर्ने ।

डार्क सर्कल

कारण : छालामा बढी तेल श्रावित भयो भने डार्क सर्कल देखा पर्छ ।

 

उपचार :

  • अम्बकको ताजा पात पिसेर आँखाको वरिपरि लगाउने र १५ मिनेटपछि चिसो पानीले सफा गर्नेे ।
  • बढीभन्दा बढी पानी पिउने ।
  • पर्याप्त ताजा फलफूल तथा हरियो तरकारी खाने ।

अन्य उपाय :

  • बदाम पिसेर त्यसमा चिसो दूध मिसाई आँखा एवं पूरै अनुहारमा लगाउने । १० मिनेटपछि अनुहार पखाल्ने ।
  • गुलाबजलमा कपासलाई भिजाएर हरेक रात सुत्नुअघि १५ मिनेटसम्म लगाउने । यसबाट आँखाको थकान तथा डार्क सर्कल दुवै कम हुन्छ ।
  • घरबाहिर निस्कदा सनग्लास प्रयोग गर्ने ।
  • टमाटरमा नुन, कागतीको रस तथा पुदिनाको पात हालेर जुस बनाउने । यो जुस नियमित रूपमा पिए डार्क सर्कल कम हुँदै जान्छ ।

आँखा सुन्निने समस्या

कारण : हाइपर टेन्सन, पाचन प्रणाली कमजोर हुनु तथा निद्राको कमीले आँखाभन्दा तलको भाग सुन्निन्छ ।

उपचार :

  • टि ब्यागलाई हल्का मनतातो पानीमा हाल्ने र आईप्याडका रूपमा आँखामा लगाउने ।
  • चिसो दूधमा कटन प्याड डुबाएर आँखामा १५ मिनेटसम्म राख्ने ।
  • हरेक बिहान हरियो घाँसमा खाली खुट्टा २० मिनेटजति हिँड्ने ।
  • आलुलाई मिसनो हुने गरी कोर्ने र त्यो टुक्रालाई आँखाभन्दा माथि राख्ने ।
  • प्रशस्त सुत्ने ।
  • नियमित रूपमा योग गर्ने ।

 Image