Successfully Copied

मौसम सुहाउँदो मेकअप

चिसोले छालामा धेरै असर गर्छ । चिसोले छालाको समस्या बढाउनु पनि स्वाभाविक हो । यस्तो समस्याबाट चिन्तित नभई विन्टर मेकअप अर्थात् स्किन केयरमा नियमित ध्यान पुर्‍याउनुपर्छ । चिसो हावाले छालालाई सुख्खा बनाउँछ ।

सोनु श्रेष्ठ, आयना व्युटि पार्लर, नयाँ बानेश्वर 

विन्टर मेकअप तथा स्किन केयर

चिसोले छालामा धेरै असर गर्छ । चिसोले छालाको समस्या बढाउनु पनि स्वाभाविक हो । यस्तो समस्याबाट चिन्तित नभई विन्टर मेकअप अर्थात् स्किन केयरमा नियमित ध्यान पुर्‍याउनुपर्छ । चिसो हावाले छालालाई सुख्खा बनाउँछ । त्यसैले जाडोमा नियमित रूपमा कोल्ड क्रिम लगाउनुपर्छ । गर्मी महिनामा लगाउन नपाइएका नेलपोलिस चिसोमा लगाएर इच्छा पूरा गर्न सकिन्छ । डार्क रेड, पर्पल, नेभी ब्लु आदि कलर लगाएर नङलाई आकर्षक बनाउन सकिन्छ । नेल पोलिस लगाउनुअघि नङलाई निश्चित सेप दिनुपर्छ । बेस मेकअपको प्रयोग बढी गर्नु हुँदैन । यसले सुन्दर देखाउनुको साटो अन्य असर गर्न सक्छ । जतिसुकै चिसो भए पनि फाउन्डेसन तथा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । त्यस्ता प्रोडक्टमा एसपिएफ केही बढी भएको राम्रो हुन्छ । आफ्नो छालाको स्वरूप बुझेर डे तथा नाइट क्रिम नियमित रूपमा लगाउनुपर्छ ।

मानिसहरू गर्मीमा मात्र पफ्र्युम लगाउनुपर्छ भन्ने मान्यता राख्छन् तर चिसो मौसममा पनि पफ्र्युमको महत्व त्यत्तिकै हुन्छ । वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलर प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म फ्रेस देखाउन मद्दत गर्छ । विशेष समारोहमा लगाइने लेहेंगाको कलर रातो, हरियो वा गोल्डेन जस्तो भए पनि  गोल्ड आई मेकअप सबैलाई सुहाउँछ । त्यस्तै कुनै पनि प्रकारको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ । दुलहीका लागि यही शैलीको मेकअप अलि हेभी रूपमा गर्दा हुन्छ । 

केशको स्याहार 

चिसोमा केशको राम्रो स्याहार भएन भने आफ्नो आउटलुक नै कुरूप देखिन्छ । नियमित रूपमा केशको हेरचाह नगर्दा केश अत्यन्तै सुख्खा हुन्छ । यसै पनि चिसोले हाम्रो शरीर नै सुख्खा बनाएको हुन्छ । त्यसमाथि हेरचाहमा कमी भए केशको हाँगा फाट्ने, बाक्लो चायाँ पर्ने, टाउको चिलाउने, केश झर्नेजस्ता थुप्रै समस्या देखापर्छन् । केशलाई हप्तामा तीन पटक सफा गरे पर्याप्त हुन्छ । तैलीय केश छ अथवा केश च्यापच्याप भएको महसुस भए अवस्था हेरेर स्याम्पु गर्न सकिन्छ । बेलाबेलामा मसाज गराउनुका साथै केशमा घरेलु हेयर प्याक पनि लगाउन सकिन्छ । 

मेडिकेयर तथा पेडिकेयर 

मेकअप पूरा गर्न मेडिकेयर र पेडिकेयरलाई कुनै पनि हालतमा छुटाउनु हुँदैन । हातखुट्टाको स्वास्थ्य कायम राख्न तथा तिनको सुन्दरता बढाउन नियमित मेडिकेयर–पेडिकेयर गरिरहनुपर्छ । यसका लागि पार्लर नै धाउनुपर्छ भन्ने छैन । मनतातो पानीमा थोरै कागतीको रस हाली त्यसमा केही मात्रामा साबुन मिसाउने ।

यसरी मिसाइएको पानीमा आधा घन्टाजति हातखुट्टा डुबाएर मेडिकेयर–पेडिकेयर टुल्सको सहायताले राम्रोसँग सफाइ गर्ने । जाडोमा पनि बडी लोसन लगाउन छुटाउनुहुँदैन । सुत्नुअघि सधै मोस्चराइजरयुक्त क्रिम लगाउने हो भने जाडोमा समेत हातखुट्टा सुन्दर देखिन्छन् । जाडोभरि भरसक खुट्टामा मोजा र हातमा पन्जा छुटाउनु हँुदैन । चिसो हावा सोझै हातखुट्टामा पर्न नदिने हो भने हातखुट्टा फुट्नबाट जोगिन्छन् ।

 Image