Successfully Copied

कस्तो हुन्छ एयर मेकअप ब्रस ?

यो प्रचलित मेकअप शैलीभन्दा फरक किसिमको मेकअप हो । यो भर्खरै ट्ेरन्डमा आएको आधुनिक मेकअप पनि हो ।

यो प्रचलित मेकअप शैलीभन्दा फरक किसिमको मेकअप हो । यो भर्खरै ट्ेरन्डमा आएको आधुनिक मेकअप पनि हो । यो सामान्य अर्थात् हलुका ढंगले गरिने मेकअप हो र यो मेकअप प्रचलित मेकअपमा प्रयोग गरिने स्पन्ज र ब्रसमै एयरगनको सहयोगले गर्न सकिन्छ । एयरगनमार्फत फाउन्डेसन अर्थात् ब्लसर अनुहारमा स्प्रे गरी हलुका ढंगले प्रयोग गरिन्छ । यो मेकअपले अनुहारको दाग अर्थात् कत्ला छोपिदिन्छ । यो मेकअपमा हाई डेफिनेसन क्यामेराले फोटो खिच्दा पनि अनुहारमा छोपिएको कुनै दाग अर्थात् फोकाहरू देखिँदैनन् । प्रभावकारी एवं आकर्षक भएकै कारण किशोरी वा महिलाहरू एयर ब्रस मेकअपको जादुमा लट्ठिएका छन् । परम्परागत मेकअपमा हात, स्पन्ज र ब्रसको सहायताले गरिने मेकअप लामो समय टिकाउन घरिघरि मेकअप थप्नुपर्ने, लतपत्तिने र छिट्टै बिग्रने सम्भावनालाई एयर ब्रस मेकअपले टारिदिएको छ । 

मेकअप गर्नुपूर्व फेस करेक्सन र वेस प्रमुख मानिन्छन् । यी दुई कुरामा जति ध्यान दिन सकिन्छ उति नै मेकअप भरपर्दाे र आकर्षक हुन्छ । मोटो अनुहारलाई पातलो र पातलो अनुहारलाई मेकअपद्वारा मोटो  देखाउन सक्नु सौन्दर्यकर्मीको कला हो । अहिले भी आकारको फेसकट बनाएर मेकअप गर्ने चलन छ । यो स्टाइलले युवतीहरूलाई सेक्सी लुक्स दिने भएका कारण पनि भी फेसकटमा धेरैको मन तानिएको छ । 

 Image