Successfully Copied

घाममा सनस्किनबाट राहत

सनस्किनको प्रयोग गर्मीमा मात्र होइन हरेक मौसममा आवश्यक हुन्छ । कारण यसले सनटेन, सनवर्न तथा पि्रमेच्योर एजिङबाट जोगाउँछ ।

सनस्किनको प्रयोग गर्मीमा मात्र होइन हरेक मौसममा आवश्यक हुन्छ । कारण यसले सनटेन, सनवर्न तथा पि्रमेच्योर एजिङबाट जोगाउँछ । यसबाहेक सनस्किनको प्रयोगले छालाको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ तर सनस्किन छनोट गर्दा केही कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

-    सनस्किनको सबैभन्दा महत्वपूर्ण पक्ष हो एसपीएफ, कति एसपीएफको सनस्किन छनोट गर्नु छ, त्यो कतिपय कुरामा निर्भर गर्छ । छालाको प्रकार, जुन ठाउँमा बसोबास छ, त्यो ठाउँको मौसम एवं तापमानअनुरूप सनस्किन छनोट गर्नुपर्छ ।

-    एसपीएफ १५ ले दुई-तीन घन्टासम्म मात्र सुरक्षा प्रदान गर्छ ।

-    गर्मीमा घाम चर्को हुने भएकाले आफ्ना साथमा सनस्क्रिन अनिवार्य रूपमा राख्नुपर्छ ।

-    घाममा बस्दा हरेक ३-४ घन्टामा सनस्क्रिन प्रयोग गर्न सकिन्छ । मुहारका लागि छुट्टै सनस्किन प्रयोग गर्नुपर्छ । छाला तैलीय छ भने ओयल पि|m सनस्क्रिम प्रयोग गर्नुपर्छ । संवेदनशील छालाका लागि पनि अलग्गै सनस्किन लगाउनुपर्छ ।

-    सनस्किन प्रयोग गरेपछि छाला केही डार्क हुन्छ । यसबाट जोगिन घाममा जानुभन्दा पहिले लगभग १५ मिनेटपूर्व सनस्किन लगाउनुपर्छ जसले गर्दा छालाको रंग सामान्य रहन्छ ।

-    अतिरिक्त सुरक्षाका लागि सनग्लासेस तथा ह्याट लगाउनुपर्छ । सनस्किन खरिद गर्दा त्यसको कन्सिस्टेन्सी पनि हेर्नुपर्छ । स्प्रेको तुलनामा क्रिम सनस्क्रिम उपयुक्त हुन्छ ।

-    आफ्नो स्काल्पका लागि अलग्गै सनस्किन प्रयोग गर्नुपर्छ, कारण त्यहाँ घाम सीधा र कडा रूपमा पर्छ । त्यसले स्काल्पलाई डढाउन सक्छ ।

-    क्रिम सनस्किन सुख्खा छालाका लागि उत्तम हुन्छ । जेल सनस्किन स्काल्पका लागि र केश भएको ठाउँमा प्रयोग गर्न सकिन्छ ।

-    स्टिक्समा उपलब्ध सनस्किन आँखा वरपर लगाउनु उपयुक्त हुन्छ ।

-    सनस्किनलाई मोइस्चराइजरसित मिसाउँदा अझ प्रभावकारी हुन्छ ।

-    सनस्किन खुल्ला भागमा मात्र होइन पूरै शरीरमा प्रयोग गर्नु उचित हुन्छ, कारण कपडाले त्यति सुरक्षा प्रदान गर्दैन जति सनस्किनले गर्छ ।

-    सनस्किन लगाएपछि आँखालाई बल प्रयोग गरी मिच्नु हुँदैन । सनस्किन आँखाभित्र पसे नोक्सान पुग्न सक्छ ।

-    स-साना बालबालिकालाई सनस्किन प्रयोग गर्न दिनु हुँदैन । कारण उनीहरूको छाला कोमल र संवेदनशील हुन्छ । हुर्कंदो उमेरका बालबालिकाहरूलाई जिंक अक्साइडयुक्त वा टाइटेनियम डाइअक्साइडयुक्त सनस्किन प्रयोग गर्न दिनुपर्छ । कारण यो छालामा समाहित हुँदैन र छालालाई नोक्सान पुर्‍याउँदैन ।

-    मुहार, स्काल्प, हात, काँधमा एक-एक टिस्पुन सनस्किन प्रयोग गर्नुपर्छ । छाती, जिउ, ढाड तथा खुट्टामा दुई-दुई चिया चम्चा सनस्किन प्रयोग गर्नुपर्छ ।

 

 Image