Successfully Copied

कसरी छनोट गर्ने ब्युटिपार्लर ?

ब्युटिपार्लरको आरम्भ १४ औं शताब्दीतिर टर्कीमा भएको मानिन्छ । १६ औं शताब्दीको अन्त्यतिर यो व्यवसायका रूपमा अघि बढ्यो ।

ब्युटिपार्लरको आरम्भ १४ औं शताब्दीतिर टर्कीमा भएको मानिन्छ । १६ औं शताब्दीको अन्त्यतिर यो व्यवसायका रूपमा अघि बढ्यो । बेलायत, फ्रान्स, जापान आदि विकसित देशहरूमा तालिम प्राप्त युवतीहरूद्वारा लामो समयदेखि व्यवसायका रूपमा ब्युटिपार्लरहरू संचालित छन् । हाम्रो देशमा भने प्रजातन्त्रको पुनर्बहालीपछि मात्र ब्युटिपार्लरको चलन बढेको हो । ब्युटिपार्लर सामान्य रूपमा महिलाले नै चलाउँछन् । अहिले प्रत्येक सहरमा ब्युटिपार्लर खुल्न थालेका छन् । यद्यपि कतिपय ब्युटिपार्लर बढी पैसा कमाउने होडमा ग्राहकहरूलाई धोका दिन पनि पछि पर्दैनन् । त्यस्ता पार्लरले ग्राहकको सुन्दरता बढाउनुको साटो हानिकारक प्रसाधनहरू प्रयोग गरेर विभिन्न स्वास्थ्य समस्या सिर्जना गरिदिन्छन् ।

अहिले कामकाजी महिलाका साथै घरेलु महिलाहरू पनि ब्युटिपार्लरप्रति आकषिर्त छन् । प्रत्येक महिलामा पार्लरका बारेमा आधारभूत ज्ञान हुनुपर्छ । यसका लागि केही  मापदण्ड छन् जसलाई सबै महिलाले जान्नैपर्छ ।

स्थान छनोट

ब्युटिपार्लर र हेल्थ सेन्टरका स्थायी ग्राहक विशेष गरी आमजनता नै हुन्छन् । पार्लरको बढी चलनका कारण कहिलेकाहीँ मध्यमवर्गीय परिवारका महिलाले पनि यसको सेवा लिन्छन् । ग्राहकहरू आफ्नो कार, ट्याक्सी, स्कुटर वा रिक्साबाट पार्लरसम्म पुग्छन् । सवारीसाधन पार्किङ गर्ने सुविधा र पार्किङ गर्ने ठाउँ पनि सुविधाजनक हुनुपर्छ भने पार्लर पनि स्तरीय हुनुपर्छ ।

योग्यता तथा गुण

ब्युटिपार्लर चलाउन उच्च शिक्षा प्राप्त गरेकै हुनुपर्छ भन्ने छैन । थुपै्र सरकारी तथा निजी संस्थानमा ब्युटी कोर्स गराइन्छ । यसको अवधि ३ देखि ६ महिनासम्म हुन्छ । प्रशिक्षण पूरा भएपछि युवतीहरूले कुनै राम्रो ब्युटिपार्लरमा अनुभव लिन्छन् । त्यसपछि उनीहरूभित्र कलात्मक दक्षता एवं प्राविधिक कुशलताका साथै आत्मविश्वासको भावना पनि जागृत हुन्छ ।

व्यवहार कुशल र मीठो बोली असल ब्युटिसियनमा हुनुपर्ने गुण हो । ब्युटिसियनको कुराकानी गर्ने शैलीका साथै आकर्षक व्यक्तित्व स्मार्ट एवं आधुनिक हुनुपर्छ । एउटी ब्युटिसियन भएको नाताले सधै मेकअपमा देखिनुको साटो आमसाजसज्जामा देखिनु उपयुक्त हुन्छ । यसको विपरीत यदि ब्युटिसियन रुखो स्वभावकी छिन् भने सबै सुविधाले भरिपूर्ण ब्युटिपार्लरमा पनि ग्राहक दोहोर्‍याएर जान रुचाउँदैनन् ।

साजसज्जा एवं फर्निचर : महँगो ब्युटिपार्लर एयरकन्डिसनयुक्त हुन्छ । ब्युटिपार्लरका लागि ठाउँको छनोटपछि सबैभन्दा बढी पैसा त्यसको फर्निचरमा खर्च हुन्छ । जुन कुर्सीमा बसाएर ग्राहकको शृंगार गरिन्छ त्यो आरामदायक र विशेष सुविधायुक्त हुनुपर्छ । आजभोलि स्पान्डिलाइटिस र पिठ्युँमा पीडाको समस्या धेरैजसो महिलामा पाइन्छ । यस्ता ग्राहकका लागि विशेष प्रकारको कुर्सी उपयुक्त हुन्छ ।

त्यसबाहेक बेटिङ कस्टमर्सका लागि पनि आरामदायक सोफा उपलब्ध हुनुपर्छ । ग्राहकको मनोरञ्जनका लागि रंगीचंगी फेसन म्यागजिनका लागि एउटा ठूलो टेबल वा र्‍याक पनि हुनुपर्छ । कोल्ड डि्रंक्स, पि|mज र टेलिफोन आदिले पार्लरलाई विशिष्टता प्रदान गर्छन् । त्यसका अतिरिक्त पार्लरमा प्रयोग गरिने क्रिम, पाउडर, नेलपालिस, लिपिस्टिक, आइस्याडो, आइब्रो पेन्सिल आदि राम्रो क्वालिटीको हुनुपर्छ ।

अनुहारको साजसज्जा : अनुहारको छालाको हेरचाह तथा साजसज्जाका लागि हिजोआज राम्रा कम्पनीका अनेकौं प्रकारका हर्बल तथा मेडिकेटेड कस्मेटिक उपलब्ध छन् जसलाई अनुहारमा लगाए कुनै असर पर्दर्ैन । अनुहारमा फोहोर नजमोस्, चाउरी नपरोस्, डाबर नआओस् भन्ने हेतुले ब्ल्याक हेड्स आदिको सफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । छालाको प्रकृतिअनुसार एउटा राम्रो ब्युटिपार्लरमा क्लिजिङ मिल्क, क्लिजिङ क्रिम, स्किन फुड एडिस्ट्रजेन्ट लोसन, ब्लिचिङ क्रिम, फाउन्डेसन क्रिम, स्नो, कोल्ड क्रिम, मोस्चराइजर तथा फेस पाउडर आदि प्रयोग गरिन्छ । ग्राककको छालामा कुनै किसिमको इन्फेक्सन एवं कपडा खराब नहोस् भन्ने उद्देश्यले पार्लरमा स्टरलाइज टाबेल उपलब्ध गराइन्छ ।

ब्युटिपार्लरको उपकरण

फुल फेसियल ट्रली : यसमा फेसियलसँग सम्बन्धित सबै उपकरण फिट गरिएको हुन्छ । यसको मुख्य भागमा म्यागनिफाइङ मिरर, ओजोन, स्टिमर, वाइब्रेटरी मसाजर, ब्ल्याक हेड्स रिमुभर तथा कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकको आराम र सुविधाका लागि फेसियल ट्रलीसँगै फेसियल बेड पनि हुन्छ ।

भाइब्रेटरी मसाजर : यो बिजुलीबाट चल्ने उपकरण हो जसलाई चलाएपछि भाइब्रेसन हुन्छ । थ्रेडिङ वा हेयर सेटिङका क्रममा जब ग्राहकको पिठ्युँमा पीडा हुन्छ वा गर्दन दुख्न थाल्छ त्यतिबेला यसलाई बीचमा राखेपछि आराम मिल्छ ।

हुड ड्रायर : यदि चाँडै केशमा रोलर लगाउनु वा हेयर सेटिङ गराउनु छ भने हुड ड्रायरको मद्दतले केशलाई तत्काल सुकाउन सकिन्छ ।

फुट मसाजर : पेडिक्योरका लागि पार्लरमा बिजुलीबाट चल्ने फुट मसाजर उपलब्ध हुन्छ । यसलाई चलाएपछि उत्पन्न हुने कम्पनले खुट्टा र जोर्नीको पीडामा राहत मिल्छ ।

इलेक्ट्रोलाइसिस : महिलाको ओठ र नाकको बीच अनि नाइटोमा रौं आए हीन भावनाले सताउन थाल्छ तर अब पार्लरमा उपलब्ध उपकरणले यसबाट सधैका लागि मुक्ति पाउन सजिलो भैसकेको छ । यो उपचार केही महँगो हुन्छ । यसका लागि ५-६ सिटिङ पनि लाग्न सक्छ । कहिलेकाहीँ फेरि पनि रौं उम्रन सक्छ । यसको साइड इफेक्ट पनि हुन सक्छ । त्यसैले अहिले थर्मोलाइसिसको चलन बढ्दै गएको छ । यो कम खर्च, बढी सुरक्षित र कम सिटिङमा पूरा हुने उपचार विधि हो ।

कमसल पार्लरको खराब परिणाम : पैसा कमाउने लोभमा खोलिएका ब्युटिपार्लर प्रत्येक मामिलामा कमसल हुन्छन् । यस्ता पार्लरमा कुनै पनि सेवाको चार्ज फिक्स गरिएको हुँदैन । ग्राहकबाट प्राय: मनोमानी ढंगले पैसा असुलिन्छ ।

द्धपैसा कमाउने चक्करमा कतिपय  पार्लरले सस्ता र कमसल कस्मेटिक्स प्रयोग गर्छन् । ती पार्लरले फेसियलका लागि सस्तो क्रिम प्रयोग गर्छन् जसले अनुहार सुन्निनुका साथै डाबर पनि निस्कन्छ । पेडिक्योरका लागि पानीमा राम्रो स्याम्पुको ठाउँमा डिटर्जेन्ट मिसाएर काम चलाउँछन् । परिणाम खुट्टाको छाला मुलायम हुनुको साटो खस्रो भएर चिरा पर्न थाल्छ ।

द्धयस्ता पार्लरमा प्रयोगमा आउने सामान एवं उपकरण अनस्टरलाइज नै हुन्छन् । त्यसैले इन्फेक्सनको खतरा बढ्छ ।

द्धसुन्दर देखिने होडले आज स-साना नानीहरूलाई पनि छोडेको छैन । उनीहरू पनि फेसियल गराउन चुक्दैनन् तर कमसल पार्लरले सबै कुरा जानेर पनि स-साना नानीहरूलाई कम उमेरमै फेसियल गराउँदा अनुहारको कोमल छालामा नकारात्मक प्रभाव पर्न सक्छ भन्दैनन् । फेसियल २५-२६ वर्षको उमेरपछि मात्र गराउनु उपयुक्त हुन्छ र एक महिनामा एकपटक भन्दा बढी गराउनु हुँदैन ।

श्यामकुमार सिंह

 Image