Successfully Copied

चायाँबाट जोगिने घरेलु उपाय

जैतुनको तेललाई कागतीको रस तथा नरिवलको तेलमा मिसाएर जरामा लगाई मसाज गर्ने ।

-    जैतुनको तेल मनतातो पारेर मसाज गर्ने ।

-    नरिवलको तेलमा स-साना प्याज २० मिनेटजति उमालेर केशमा लगाउने ।

-    चौलानीले केश पखाल्ने ।

-    बदाम रोगन तेलले केशको जरामा राम्रोसँग मसाज गर्ने ।

-    जैतुनको तेललाई कागतीको रस तथा नरिवलको तेलमा मिसाएर जरामा लगाई मसाज गर्ने । १५ मिनेटपछि हट टाबेल स्टिम दिएर कम रसायन भएको स्याम्पुले केश पखाल्ने ।

-    केश छोटो छ भने मेथीलाई बाक्लोसँग पिसेर तोरीको दानामा मिक्स गरी स्क्रब बनाउने र १५ मिनेट बिस्तारै केशमा दल्ने अनि मनतातो पानीले पखाल्ने ।

-    तोरीको तेलमा कपूर मिसाएर तताउने । उक्त तेलले टाउकोमा १० मिनेटसम्म मसाज गर्ने । ३० मिनेटपछि हट टाबेल दिएर हर्बल स्याम्पुले केश पखाल्ने ।

चायाँ

केशमा एकपटक चायाँ आएपछि जान धेरै कठिन हुन्छ । चायाँ आउने अनेकौं कारण हुन्छन् ।

-    हार्मोनको कमी ।

-    एलर्जी वा सस्तो कलर ।

-    तनाव एवं निद्रा नपुगेको अवस्था ।

-    केश सुख्खा हुनु ।

-    चिसो मौसम वा एकदम गर्मी ।

-    यो समस्यामा मुल्तानी माटोको प्रयोग पनि फाइदाजनक हुन्छ ।

-    हप्तामा दुईपटक नरिवल तेलले मालिस गरेर मनतातो पानीले पखाल्दा पनि चायाँबाट राहत मिल्छ ।

-    मुल्तानी माटोको प्रयोग पहिले अलिभ ओयल वा नरिवलको तेलले सुत्नुभन्दा एक-दुई घन्टा पहिले केशको जरामा राम्रोसँग लगाउने र मसाज गर्ने । त्यसपछि मुल्तानी माटो पानीमा घोलेर प्याक बनाएर लगाउने । १०-२० मिनेटपछि पखाल्ने ।

-    अण्डाको सेतो भाग र कागतीको रस मिसाएर केशको जरामा प्रयोग गरी १०-२० मिनेटपछि हट टाबेलले स्टिम दिई ३ मिनेटपछि पखाल्ने ।

-    केशलाई दिनमा एकपटक स्याम्पु गर्नुपर्छ ।

-    केश र्झने समस्याको रोकथाम

-    आजभोलि केश झर्ने समस्या सबैमा छ । यसलाई केही हदसम्म रोक्न सकिन्छ ।

-    सकेसम्म धेरै पानी पिउने ।

-    खानामा भिटामिन बी, प्रोटिन अनि आइरनयुक्त तरकारी खाने ।

-    औंलाले आफ्नो केशको जरामा मसाज गर्ने ।

-    केशमा सधैं काइँयो प्रयोग गर्ने । केश लामो र बाक्लो छ भने ब्रस प्रयोग गर्ने । हेयर ड्राई कम प्रयोग गर्ने ।

-    केशलाई तातोपानीले सकेसम्म कम धुने ।

-    अमोनिया फ्री वा राम्रो ब्रान्डको कलर प्रयोग गर्ने । आफ्नो केशको टेक्स हेरेर वा जानकार हेयर ड्रेसरसँग सल्लाह लिएर मात्र कलर प्रयोग गर्ने ।

केश र्झन रोक्ने घरेलु उपाय

-    अमलालाई नरिवलको तेलमा उमालेर मनतातो बनाई केशको जरामा राम्रोसँग लगाएर मसाज गर्ने ।

-    अमला र कागतीको रस मिसाई केशको जरामा लगाउने । यसो गर्दा केश लामो एवं चम्किलो देखिनुका साथै चायाँमुक्त पनि रहन्छ ।

-    जैतुनको तेलमा कागतीको रस मिसाएर वा हरियो धनियाँको रसलाई मसिनो प्याक बनाएर लगाउन सकिन्छ ।

-    तोरीको तेलमा मेहन्दी उमालेर लगाउन सकिन्छ । नरिवलको जुस पिउँदा पनि फाइदा हुन्छ ।

-    उमालेको कालो दाल र मेथी पाउडरको प्याक लगाउन सकिन्छ ।

-    कुनै-कुनै ठाउँमा केश झरेर खुइलिएको छ भने कागतीको बीउ तथा कालो खुर्सानीको पेस्ट बनाएर जहाँ केश छैन त्यस ठाउँमा लगाउन सकिन्छ अथवा अदुवाको रस लगाएर पनि केश र्झन कम गर्न सकिन्छ ।

केशको हेरचाह

-    कडा घामले केशमा सीधा असर गर्छ । गर्मीमा घामबाट बच्न स्कार्फ प्रयोग गर्नुपर्छ तर स्कार्फलाई कसेर बाँध्नुहुँदैन ।

-    प्रशस्त पानी पिउनुपर्छ ।

-    हट ड्राई गर्नुहुँदैन ।

-    तातोपानीले केश धुनुहुँदैन ।

-    बढी अमोनिया भएको कलर प्रयोग गर्नुहुँदैन ।

-    स्टाइलर प्रोडक्ट प्रयोग गर्नुहुँदैन ।

-    स्याम्पुपछि कन्डिसनर लगाउनुपर्छ ।

-    चिसो केशमा हेयर कोट लगाउनुपर्छ ।

-    १-२ महिनामा हेयर टि्रटमेन्ट गराउनुपर्छ । केशमा कलर छ वा केश ड्राई छ भने हेयर मास्कको प्रयोग वा हेयर स्पा गर्नुपर्छ ।

-    केश तैलीय छ भने ओयल मसाज गर्नुहुँदैन । त्यसो गरे अनुहारमा डन्डिफोर आउनसक्छ ।

-    केश तैलीय छ भने नुहाउनुभन्दा आधा घन्टा पहिले तेल लगाएर स्याम्पु गर्न सकिन्छ ।

-    ६-८ महिनामा एकपटक हेयर टि्रम गर्नुपर्छ ।

हार्मोन सन्तुलित राख्न

-    महिलाहरूमा हार्मोनको असन्तुलनका कारण बढी मात्रामा केश र्झछ ।

-    गर्भावस्थामा पनि केश र्झछ ।

-    थाइराइडको समस्याले पनि केश र्झछ ।

-    महिलाहरूको हार्मोन सन्तुलित छ भने केश झर्दैन । केशको समस्या बढी नै भए चिकित्सकलाई देखाउनुपर्छ ।

-    सदैव प्रसन्न रहनुपर्छ ।

केश रंग्याउँदा सावधानी

केशमा कलर गर्नुभन्दा पहिले कुन र कति समयका लागि कलर गर्ने हो स्पष्ट हुनुपर्छ । बजारमा धेरै थरिका कलर पाइन्छन् जसमध्ये कतिपयले केशलाई फाइदा गर्छन् भने कतिपयले हानी पनि पुर्‍याउन सक्छन् ।

-    कलर गर्नुभन्दा पहिले स्याम्पु गर्नुपर्छ ।

-    केश ड्राई, ड्यामेज छ वा पहिल्यै अन्य कलर गरिएको छ भने हेयर स्पा गरेर मात्र कलर गर्नुपर्छ ।

-    बजारमा अहिले तीन प्रकारको कलर पाइन्छ । एउटा एक कोट कलर गरी १-२ दिनसम्म बस्ने जुन  स्याम्पु गर्नेबित्तिकै जाने हुन्छ ।

-    दोस्रो सेमी परमानेन्ट जुन केही महिना रहन्छ ।

-    तेस्रो परमानेन्ट कलर जुन लामो समयसम्म रहन्छ ।

सुझाव : कलर गर्नुभन्दा पहिले दक्ष ब्युटिसियनसँग सल्लाह लिनुपर्छ ।

कन्डिसनर कसरी गर्ने ?

-    स्याम्पु गरिसकेपछि केशबाट राम्रोसँग पानी निकाल्नुपर्छ ।

-    त्यसपछि आफ्नो बाक्लो काइँयोले केश कोर्नुपर्छ अनि बिस्तारै केशमा कन्डिसनर लगाएर मसाज गर्नुपर्छ तर कन्डिसनर जरामा लगाउनुहुँदैन ।

-    केश ड्यामेज छ भने प्रोटिन कन्डिसनर प्रयोग गर्नुपर्छ ।

-    ड्राई हेयर छ भने मोस्चराइज्ड कन्डिसनर लगाउनुपर्छ ।

-    केश तैलीय छ भने कुनै पनि ननओयली कन्डिसनर लगाउन सकिन्छ । केशलाई कन्डिसनरले अनुहारमा मोस्चराइरले जस्तै सुरक्षा प्रदान गर्छ, त्यसैले गर्मीमा सबै खालको केशमा कन्डिसनर गर्नुपर्छ ।

केशअनुसार स्याम्पु

केशको क्वालिटी बाक्लो, स्ट्रेट, सानो, ठूलो, पातलो, तैलीय आदि जे-जस्तो भए पनि सबैजना आफ्नो केश राम्रो बनाउन चाहन्छन् ।

स्याम्पुको काम केशलाई सफा गर्ने, फोहोर निकालेर चम्किलो बनाउने हो तर केशको क्वालिटीअनुसार स्याम्पु प्रयोग गर्नुपर्छ । एग स्याम्पु रुखो वा फ्रिजी हेयरका लागि उपयुक्त हुन्छ । स्याम्पुमा अल्कोहल हुनुहुँदैन किनभने यसले केशलाई अझ सुख्खा र रुखो बनाउँछ ।

स्याम्पुमा नरिवल वा जैतुनको तेल मिसाउन सकिन्छ ।

ओयली हेयरमा माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ तर बढी स्क्रब गर्नुहुँदैन । यसलाई मनतातो पानीले मात्र पखाल्नुपर्छ । केश बढी नै ओयली छ भने कागतीको रस पानीमा मिसाएर पखाल्नुपर्छ ।

यस्तो खालको केशमा प्याथोनोलयुक्त स्याम्पु प्रयोग गर्न सकिन्छ ।

 Image