Successfully Copied

प्रदूषित वातावरणमा छालाको सुरक्षा

काठमाडौंको वातावरण निकै प्रदूषित छ। त्यसैले राजधानीवासीलाई बेलाबेलामा विभिन्न रोगले च्यापेको पाइन्छ

काठमाडौंको वातावरण निकै प्रदूषित छ। त्यसैले राजधानीवासीलाई बेलाबेलामा विभिन्न रोगले च्यापेको पाइन्छ जसमा रुघाखोकी आदि रोगलाई माइनर इन्फेक्सनका रूपमा पनि व्याख्या गर्न थालिएको छ। केही समययता राजधानीका सडक विस्तार गर्ने क्रममा भत्काइएको छ। फलस्वरूप अहिले धूवाँ र धूलोसँगै पानी पर्दा हिलो पनि थपिन्छ। धूलोले शरीरमा प्रत्यक्ष असर गर्छ। शरीरको भित्री-बाहिरी दुवै भागमा धूलोले नकारात्मक असर पुर्‍याउँछ। भित्री असर खासै नदेखिए पनि बाहिरी असर सजिलै देख्न सकिन्छ। धूलोको सम्पर्कमा आउँदा हाम्रो अनुहारमा जीवाणु तथा मैलो जम्मा हुन्छ अनि हाम्रो छालाका रांैहरूमा प्वाल पर्ने सम्भावना हुन्छ। त्यसले गर्दा मानिसमा हुनुपर्ने प्राकृतिक रूप कायम रहँदैन। अनुहारमा दाग देखिनुका साथै कुरूप हुने अवस्था पनि आउन सक्छ। यसै गरी दुषित वातावरणमा उडिरहेको प्रदूषित कार्बनले हाम्रो सौन्दर्य एवं स्वास्थ्यमा प्रतिकूल असर पार्छ। यस्त्ाो अवस्थामा शरीर र छालाको उपयुक्त स्याहार गर्न सकियो भने अवश्य फाइदा हुन्छ। त्यसैले अनुहार वा शरीरमा आधुनिक सौन्दर्यका सामग्रीहरूभन्दा पनि घरेलु सामग्री प्रयोग गर्नु राम्रो हुन्छ।

प्रदूषण तथा धूलो-धूवाँको असर सीधै हाम्रो अनुहार एवं केशमा पर्छ। यस्तो अवस्थामा घरबाट बाहिर निस्कदा वा सवारी साधन चलाउँदा केश र अनुहारलाई राम्रोसँग छोप्नुपर्छ।

आँखामा सनग्लास प्रयोग गरे आँखालाई घाम-पानीबाट जोगाउन सकिन्छ।

सधैं बाहिर निस्कने बेलामा सनस्क्रिन लोसन लगाउँदा पनि छालामा दुष्प्रभाव पर्दैन।

भरसक हरियो तरकारी एवं फलफूल खानुपर्छ। काँचो तरकारी, दूध, जुस, सलाद आदि प्रयोग गर्नुपर्छ। मसला भरिएकोे तरकारी, पिरो, अमिलो तथा चिल्लो पदार्थमा त्यति जोड दिनु हुँदैन।

छाला सामान्य छ भने बेसनमा मह मिसाएर दल्दा अनुहारमा चमक आउँछ। चिल्लो छाला छ भने बेसनमा काँचो दूध मिसाएर लेप बनाई लगाउन सकिन्छ।

गहुँको पीठोको छोक्राले अनुहार सफा गरे स्क्रबको काम गर्छ। यसमा काँचो दूध र महले थप सकारात्मक भूमिका निर्वाह गर्छ। यसो गर्दा अनुहारको मृतकोष सजिलै हट्छ।

सुख्खा हावा वा बारम्बारको चिसो हावाले अनुहारमा मृतकोषको संख्या बढाउँदै लान्छ। यस्तो अवस्थामा आलु घोटेर दल्दा पनि अनुहारको कालोपन हट्छ।

अहिले बजारमा अनुहारको सफाइ वा कोमलताका लागि विभिन्न किसिमका सौन्दर्य प्रसाधन उपलब्ध छन्, तीमध्ये कतिपयले हाम्रो अनुुहारमा प्रतिकूल असर पार्न सक्छन्। तिनको उत्तम विकल्पका रूपमा बेसार, बेसन, दूधको तर एवं कागतीको रस आदि घरेलु सौन्दर्य प्रसाधनहरू अनुहार एवं शरीरमा दल्न सकिन्छ।

 Image