मेकअपबिनै चिटिक्क
कोभिड–१९ का कारण सबैजना घरमा कैद भए । लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । यस्तो अवस्थामा न ब्युटिपार्लर धाउने समय मिल्यो, न त सौन्दर्य प्रसाधन सहजै उपलब्ध भए ।
सानैदेखि आर्टमा रुचि राख्ने रिना प्रधान झापाका कृष्णबहादुर प्रधान तथा आमा मुना राई प्रधानकी जेठी छोरी हुन्। ओपन स्कुलबाट प्लस टु गरेकी प्रधानको बाल्यकाल काठमाडौंमा बित्यो। करिअरको सुरुवातमा उनले काठमाडौंमै सौन्दर्यसम्बन्धी डिप्लोमा कोर्स गरिन्। त्यसपछि उनले सन्तु तामाङसँग मेकअपमा विशेष कोर्स गरिन्। सिटिइभिटीबाट सौन्दर्य शिक्षामा थप विशेषज्ञता हासिल गरेकी प्रधानलाई काम गर्दै जाँदा यस विषयमा थप अध्ययन गर्ने चाहना बढ्यो। त्यसैले उनी दोहा-कतारतर्फ हान्निइन्। त्यहाँको प्रसिद्ध पेरिस नेलबाट हेयर डे्रसिङमा १ वर्षे अध्ययन पूरा गरेर नेपाल फर्किइन्। दोहाको अध्ययन र कामको अनुभवबाट उनी सौन्दर्य क्षेत्रमा निक्कै खारिइसकेकी थिइन्। यहाँ आएपछि केही समय काम गरी पुनः थप अध्ययनका लागि दिल्लीस्थित श्रीद्धि इन्टरनेसनल इन्स्टिच्युट पुगिन्। त्यहाँबाट रिनाले ब्युटी थेरापी एज कस्मेटोलोजीको कोर्स पूरा गरेकी छिन्। दिल्ली बसाइकै क्रममा उनले जर्मनबाट सम्बन्धन प्राप्त रनारा नेल्सबाट नेल टेक्निसियनको तालिम पूरा गरिन् भने भिएलसिसी दिल्लीबाटै स्लिमिङ मसाज थेरापीको (एस्थेटिक्स) कोर्स पनि गरिन्। सोही क्रममै उनले कस्मेटिक्स केमिकल पिल्स (प्रब्लोमेटिक स्किन टि्रटमेन्ट) तालिमका साथै युरो कस्मेटिक एकेडेमी (क्र्यालोनसिटी) बाट प्रोफेसनल मेकअप आर्टिस्टको शिक्षा पूरा गरिन्। क्र्यायालोनसिटीमै ब्राइडल लुक्स तथा प्रोफेसनल हेयर मेकअपका दर्जनौं सेमिनारमा भाग लिइसकेकी रिनाले युरो कस्मेटिक एकेडेमीबाटै इयरब्रस प्रोफेसनल मेकअप आर्टिस्टको तालिम पनि पूरा गरेकी छिन्। भर्खरै मात्र सौन्दर्यका विविध आयामका बारेमा पूर्ण शिक्षा हासिल गरी बिल्कुलै नयाँ प्रविधिका साथ नेपाल भित्रिएकी प्रधानले हलिउड-बलिउडमा प्रयोग गरिने सौन्दर्य उपकरण एवं उत्पादनहरू साथै लिएर आएकी छिन्। जसरी डाक्टरले रोग पत्ता लगाएपछि मात्र उपचारको प्रक्रिया सुरु गर्छन् त्यसैगरी उनले पनि सौन्दर्य समस्या पत्ता लगाउने मेसिन तथा ज्ञान सँगै लिएर आएकी छिन्। रिना भन्छिन्-'कतिपय टि्रटमेन्ट यस्ता छन् जुन धेरै डाक्टरहरूले गर्छन् भने त्यसको केही भाग हामी गर्छौं। एकेडेमिक शिक्षा हासिल गर्नुअघि मैले जुन ढंगले सौन्दर्य सेवा दिन्थें अहिले सम्झदा आफ्नै विगतप्रति पुनर्विचार गर्न मन लाग्छ।
नेल तथा हेयर केयरका सम्बन्धमा रिना
नेल आर्ट तथा एक्सटेन्सन ः नङमा विभिन्न रंग खेलाएर आफूलाई मनपर्ने बुट्टा, पात, हाँगा आदि कोरेर कलात्मक ढंगले विविध रूप-रंग दिनु नेल आर्ट हो भने लामो, चेप्टो, यु सेपजस्ता नक्कली नङ जोडेर आफ्नो जस्तै देखाउनु नेल एक्सटेन्सन हो। स्टाइलिस्ट देखिन नेल आर्ट तथा एक्सटेन्सन गरिन्छ। त्यसबाहेक हाइजिन तथा पर्सनालिटीका लागि पनि यो आवश्यक छ।
नेल केयर ः नेल केयर भन्नाले नङ काट्ने मात्र होइन यसको वरिपरि भएका क्युटिकल आदिको हेरचाह गर्नु पनि हो। बजारमा अहिले क्युटिकल क्रिम तथा ओयल, नेलपोलिस रिमुभर पाइन्छन् जसको प्रयोगद्वारा नङलाई सुन्दर रूप दिइन्छ। हप्तामा एकदिन नेलपोलिस रिमुभ गरी लसुनको टुक्रा नङमा दल्दै मसाज गरे नङ भाँचिन तथा टुक्रिनबाट जोगिन्छ। मनतातो पानीमा थोरै नुन मिसाएर ५-१० मिनेट हात भिजाउने नेल ब्रसद्वारा ब्रस गरी पखाल्ने र बडी लोसन लगाउने वा नङमा स्याम्पु गरी ब्रस गर्दा पनि नङको सफाइमा मद्दत पुग्छ।
नेलका लागि हानिकारक ः बढी तातो वा धेरै चिसो। आर्ट र एक्सटेन्सनले भने नङलाई हानी पुर्याउँदैन। किनभने एक्सटेन्सन गर्दा क्युटिकल (नङसिरी) लाई नछोई केही ग्याप राखेर जोडिन्छ। नेल आर्ट गर्नुअघि विभिन्न प्रोटेक्सन ओेयल प्रयोग गरिन्छ। नङको काम गर्दा इक्विपमेन्ट हाइजिनमा बढी ध्यान पुर्याउनुपर्छ। एउटै टुल्स सफा नगरी अर्कोलाई प्रयोग गर्दा विभिन्न रोग सर्ने सम्भावना हुन्छ।
घरमै नेल आर्ट गर्नुपरे ः विभिन्न क्याटलग हेरेर घरमै नेल आर्ट गर्न सकिन्छ। साधारण रातोमा सेतो रंगको नेलपोलिसले आफूले जानेको बुट्टा भर्ने। यसरी आर्ट गर्दा बुट्टा बाक्लो नबनाई ग्यापमा थोरै बुट्टा भरेको राम्रो देखिन्छ।
नङको सेप ः साधारणतया ओभल सेपको नङलाई स्ट्यान्डर्ड सेप मानिन्छ। तैपनि औंलाको साइज र छालाको रंग हेरेर नङ बनाउनुपर्छ। सबैलाई ओभल सेप नै सुहाउँछ भन्ने छैन। भी, स्क्वायर, राउन्ड सेप पनि उत्तिकै प्रयोगमा छ। सेलिब्रेटीहरूलाई भी सेप सुहाउँछ भने हाउसवाइफहरूलाई राउन्ड सेप उपयुक्त हुन्छ।
कटिङ ः आफ्नो प्राकृतिक नङ कुन सेपको छ त्यसलाई म्याच गर्ने कटिङ हुनुपर्छ। औंला हेरेर सेप निर्धारण गरिन्छ। लामो औंलालाई जुनसुकै सेप सुहाउँछ भने छोटा औंलामा राउन्ड सेप पटक्कै सुहाउँदैन, स्क्वायर सेप राम्रो देखिन्छ।
कालो छालायुक्त औंलामा ः हातका औंला केही डस्की कलरका छन् भने फ्रेन्च नेल आर्ट (यसभित्र एक्रेलिक, जेल नेल आदि पर्छन्) गर्दा हात निकै आकर्षक देखिन्छ।
हेयर
केशको शत्रु-घाम तथा प्रदूषणः मेन्टेन गर्न-केशमा घाम र हावा पर्नबाट जोगाउने। स्कुटीमा हिँड्नेहरूले केशलाई कपडा वा टोपीले छोपेर मात्र हेलमेट लगाउने। नुहाउनुअघि ओयल मसाज तथा गुणस्तरीय स्याम्पु केश मेन्टेन गर्ने उपाय हुन्।
सुन्दर केशका लागि ः हप्तामा एकपटक ओयल मसाज, १५ दिनमा एकपटक हेयर प्याक (मेथी, अण्डा घरेलु प्याक भए पनि) तथा गुणस्तरीय स्याम्पुको प्रयोग। कन्डिसनर पनि धेरै प्रयोग नगर्ने, किनभने कन्डिसनरले लगाएको केही क्षण सिल्की देखाउँछ विस्तारै त्यसले केशलाई लाइट बनाउँदै लान्छ अर्थात् केशको गह्रौंपन हराउँदै जान्छ।
मेहन्दी वा कलर ः राम्रो गुणस्तरको मेहन्दीमा ल्वाङको तेल मिसाएर समयान्तरमा लगाउनु राम्रो हो तर लगातार लगाउँदा पछि साइनेक्स हुने सम्भावना हुन्छ। कलर गर्दा छालाभन्दा एक वा आधा इञ्च छाडेर लगाउनुपर्छ।
उमेर नपुगी केश फुल्नु ः कतिपयका लागि यो वंशाणुगत समस्या हो भने कतिलाई गलत खानपान, तनाव, बढी कलरिङ, अत्यधिक औषधिको प्रयोगले यस्तो भएको हुनसक्छ। यसको उपचार भनेकै आफूलाई तनावमुक्त राख्नु हो। त्यसबाहेक खानपानमा पनि ध्यान पुर्याउनुपर्छ।
राति सुत्दा केशमा तेल हाल्नु ः मैले जानेअनुसार राम्रो होइन। चिसो गढेर पछि विभिन्न रोग लाग्ने समस्या हुन्छ। तेल लगाएर स्टिम लिने हो भने चाहिँ ठीकै हुन्छ। स्टिमले तेललाई भित्र पसाएर केशका छिद्रहरू बन्द गरिदिन्छ तर सबैको घरमा स्टिमर नहुन सक्छ। तेल लगाएर त्यसै छोड्दा छिद्रहरू पनि खुल्ला रहन्छन् जसबाट टाउकोमा हावा पस्ने अनि विविध रोग देखिने सम्भावना हुन्छ। तेल जहिले पनि नुहाउनुभन्दा आधा घन्टाअघि लगाउनुपर्छ।
केशमा साबुन पार्नु ः सुख्खा केशका लागि साबुन शत्रु हो। यसले केशलाई अझ सुख्खा बनाउँछ। साबुनमा स्ट्रङ केमिकल हुने हुँदा केशको प्रोटिन नष्ट हुन्छ।
हाँगा र चायाँ हटाउन ः मुख्यतः प्रदूषण र फोहोरका कारण यी समस्या देखिने हुन्। गर्मीमा दिन बिराएर केश धुनुपर्छ। हप्तामा एकपटक ओयल मसाज गर्ने। ड्यान्ड्रफ स्याम्पुको प्रयोगले पनि चायाँ हराउँछ तर चायाँ हराएपछि स्याम्पु चेन्ज गरिहाल्नुपर्छ। हाँगा हटाउन समय-समयमा केश
टि्रम गराइरहनुपर्छ।
केश र्झनबाट रोक्न ः औषधि सेवन, मसाज नपुगेर तथा केश बढी लामो भएर पनि झर्ने सम्भावना हुन्छ। हेयर केयरमा ध्यान दिने। त्यति गर्दा पनि नभए विशेषज्ञको सल्लाह लिने।
मेरो सुझाव ः धेरै नै सुख्खा केशमा सिरम प्रयोग गर्ने। कन्डिसनरको साटो हेयर टि्रटमेन्ट क्रिम राम्रो हुन्छ। जुन स्याम्पु गरेपछि कन्डिसनर जसरी नै प्रयोग गर्न सकिन्छ। ओयली हेयरका लागि सूर्यमुखी वा सोयाबिन ओयलमा ८-१० थोपा कागतीको रस मिसाएर जरामा मसाज गर्नु राम्रो हुन्छ।
- रिना प्रधान परिमिता, ब्युटिसियन तथा कस्मेटोलोजिस्ट