Successfully Copied

शरीरका अनावश्यक रौं कसरी हटाउने ?

घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ ।

अहिले देशका अधिकांश ब्यूटी पार्लर बन्द छन् । घरबाहिर निस्कन पनि मुस्किल छ । तर शरीरमा अनावश्यक रौं आएर हैरान हुनुहुन्छ ? त्यसो हो भने चिन्ता नलिनुस्, ब्यूटीसियन नीरु श्रेष्ठले घरमै अनावश्यक रौं हटाउने केही उपाय दिएकी छिन् । उनको सुझाव यस्तो छ :

१. घरमै ट्वीजडको सहारामा अनावश्यक रौं हटाउन सकिन्छ ।  टुइजर्डबाट रौं हटाउनाले अधिक दुखाइ हुनेछ, छाला पनि रातो हुनेछ तर यसलाई रोक्ने उपाय पनि छ । त्यसका निम्ति, आइब्रो गर्नुअघि तल्लो सतहमा पाउडर लगाउनुहोस् र आइब्रो गरिसकेपछि मज्जाले मोइश्चराइजरले ३ देखि ५ मिनेट मसाज गर्नुहोस् । यो १५ देखि २० दिनको अन्तरालमा मात्रै गर्नुहोस् । छिटो छिटो गर्दा छालामा चाउरी पर्ने सम्भावना हुन्छ । 

२. घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ । यो प्रयोग गर्नुअघि एकपटक प्याच परीक्षण भने गर्नु जरुरी छ । 

३. मोम छैन भने घरैमा यो बनाउन सक्नुहुन्छ । पानी तताउनुहोस्, यसमा चिनी मिसाउनुहोस र मज्जाले नपाकेसम्म पकाउनुहोस् । त्यसपछि ग्याँस बन्दगर्नुहोस् । जब मिश्रण सुनौलो रंगमा परिणत हुन्छ तब यसमा कागतीको रस थप्नुहोस् । मिश्रण चिसो हुन दिनुहोस् । जब यो चिसो हुन्छ तब यसलाई थोरै परिमाणमा लिनुहोस् र छालामा फैलाउनुहोस् । यसलाई मोम स्ट्रिप जस्तै प्रयोग गर्न सकिन्छ । जसले तपाईंको अनुहार र हातखुट्टामा भएका अनावश्यक रौं सहजै निकाल्न मद्धत गर्छ । 

४. घरमा अनुहार रेजर छ भने,तपाई सम्झनुहोस् आधा समस्या समाप्तभयो । तिनीहरूले छालामा कुनै हाननिनोक्सानी गर्दैनन् । रौंहरु रिसाइज गर्दा अतिरिक्त सतर्क हुनुहोस् । 

५. सबभन्दा प्रभावकारी तरिका, घरमा हँुदा युट्युब भिडियोहरू हेरेर थे्रडिङ गर्न सिक्नुहोस् । यो कला तपाईंको लागि सदा काम आउनेछ ।

६. अनावश्यकरुपमा फैंलिंदै गएको कपालको हाँगा छांट्न हेयर कटिङ रेजर प्रयोग गर्नुहोस् । साथै कपालमा मेथी, दही, अण्डाको सेतो भागलगायतका हेयर प्याक बनाएर हप्तामा एकपटक लगाउनुहोस् । कपालको हाँगा कम हुंदै जान्छ र कपाल मुलायमर सिल्की हुन्छ । 

 

 Image