Successfully Copied



मेष
दाम्पत्य जीवन सुखमय रहनेछ । बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । तपाईंको कामकुराको चर्चा हुनसक्छ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । कुनै कुराको आकस्मिक लाभ होला । कतैबाट कुनै कुराका लागि पुरस्कार वा सम्मान पाइनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । नयाँ रोजगारी पाउने सम्भावना छ । प्राविधिक निकायमा आबद्ध व्यक्तिलाई कुनै कुराको प्रोजेक्ट हात पर्नसक्छ । धार्मिक काममा आस्था बढ्नेछ । जुनै क्षेत्रमा आबद्ध भए पनि मनले सन्तोष गर्ने वातावरण भेट्नेछ । समग्रमा हेर्दा यो महिना सामाजिक, आर्थिक, व्यावसायिक एवं सांसारिक रूपमा फलदायी रहनेछ ।


वृष
समय आफूअनुकूल बन्दै जानेछ । रोकिएका कामले गति लिँदै जानेछन् । उत्साहित तनमनले गर्दा सबै काम व्यवस्थित ढंगले सम्पन्न हुनेछन् । मनमा भएको तुष हटेर जानेछ । परिवारमा अपेक्षित समझदारी कायम रहनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । नवदम्पतीमा एक–अर्कालाई बुझ्ने राम्रो मौका मिल्नेछ । विविध कुराले मन रमाउनेछ । परिवार वा साथीहरूसित कतै घुमघाम गर्न जाने अवसर जुट्नसक्छ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । समयलाई आफू अनुकूल नचाउन पाउँदा मन खुसी रहनेछ ।


मिथुन
महिनाको पूर्वार्द्धको समय तपाईंका निम्ति चुनौतीपूर्ण रहनसक्छ । विभिन्न कुराको जिम्मेवारीले व्यस्त बनाउनेछ । सानातिना कुरामा पनि आफैं खट्नुपर्दा भ्याइनभ्याइ हुनसक्छ । उत्तरार्द्धको समय भने आफूअनुकूल रहनेछ । सबै कुरालाई समय र परिस्थितिअनुसार मिलाउँदै लगिनेछ । थरीथरीका कार्यक्रम र समारोहको निमन्त्रणामा प्रस्तुति दिनुपर्ला । हरेक कुरामा आफूलाई अपडेटेड बनाउँदै गइनेछ । स्वाभिमानमा रही आफैंले आफ्नो सबै काम सिद्ध गर्ने प्रयत्न गरिनेछ । आर्थिक क्रियाकलापका काम गर्दा सतर्क रहनुपर्नेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित साथ र सहयोग प्राप्त हुनेछ ।


कर्कट
पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । योजनानुसारका काममा सफल हुँदै गइनेछ । विभिन्न क्रियाकलापमा संलग्न रहनुपर्नेछ । घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । कामविशेषले कतै जानुपर्ने हुनसक्छ । घरायसी काममा कहिलेकाहीँ खटपट पर्नसक्छ । व्यक्तिगत खुसी र आवश्यकताका लागि केही किनमेल होला । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रै धनलाभ हुनेछ । कहिलेकाहीँ स–साना कुरा तगारोका रूपमा उभिनसक्छन् । सकेसम्म झिनामसिना कुराबाट जति सक्यो तर्किनु नै उचित हुनेछ । कसैकसैको यो महिनामा बसाइ सराइ वा नवगृहप्रवेश हुनसक्छ ।


सिंह
कामविशेषले कतैको यात्रा गर्नुपर्ला । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कुनै कामको उत्तरदायित्व वहन गर्नुपर्ने हुनसक्छ । बोली र व्यावहारिक काम गर्दा भने केही सजगता अपनाउनुपर्नेछ । कुनै पनि कुरामा प्रतिक्रिया दिन नहतारिएकै उचित हुनेछ । आर्थिक पक्ष सबल देखिए पनि कुनै काममा लगानी गर्दा ख्याल गर्नुपर्ने हुन्छ । पेटमा गडबडी हुने प्रबल सम्भावना भएकाले यात्रामा सामान्य र सम्भावित स्वास्थ्य समस्याबाट बच्न औषधि लिएर हिँड्नु उचित हुनेछ ।


कन्या
कुनै महत्वपूर्ण कुरामा उपलब्धि हासिल हुनेछ । मनमा भएको बोझ हट्न जाँदा मन हलुका हुनेछ । कुनै कुराले गर्दा मन उत्साहित रहनेछ । समसामयिक कुराको विचार गर्दैर् आफूलाई अघि बढाउन खोजिनेछ । आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर लागिपरिनेछ । रोकिएको कामलाई पनि क्रमशः अघि बढाउँदै गइनेछ । विभिन्न कामकुराले बेलाबेलामा अलमल्याउन खोजे पनि तटस्थ रूपमा आफ्नो निश्चयमा दृढ भइनेछ । सकेसम्म धीर र शान्तिप्रिय हुन खोजिनेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित साथ र सद्भाव पाइनेछ । आफ्नो तनमनको अनुकूलता विचार गरी तदनुरूप आफूलाई परिचालन गरिनेछ । आफू असम्बद्ध कामकुराबाट तर्किनु नै उचित हुनेछ ।


तुला
विभिन्न कुराले गर्दा नजानिँदो गरी व्यस्त भइनेछ । मनमा थरीथरीका कुराले तर्कवितर्क गरिरहलान् । थोरै समयमा धेरै काम भ्याउनुपर्दा मनमा तनाव हुनसक्छ । महिनाको पूर्वार्द्धपछिको समय केही सहज बन्दै जानेछ । क्रमशः सबै कुराको परिपञ्च मिल्दै जानेछ । कुनैकुनै कुरालाई लिएर आत्मीय, इष्टमित्र, मान्यजन र शुभचिन्तकसित सरसल्लाह लिइनेछ । प्रायः सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयत्न गर्नेछन् । कसैको कुरामा पूर्णतया ढुक्क हुन नसकिँदा मनले आफूलाई सबै कुरामा चनाखो र सक्रिय गराइरहला । सकेसम्म सबैको भावना बुझ्दै काम गर्ने प्रयत्न गर्नुपर्नेछ । कुनै पनि कुरामा बोल्नु वा प्रतिक्रिया गर्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने बेला छ ।


वृश्चिक
कुनै नयाँ काम वा प्रोजेक्ट हात पर्नसक्छ । मित्रवर्गबाट अपेक्षित सहयोग पाइनेछ । आफ्नो लक्ष्य प्राप्तिका लागि खटेर लागिपरिनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कुनै कुरामा आकस्मिक लाभ हुनसक्छ । समयानुसार आफूलाई काममा अग्रसर गराइनेछ । झिनामसिना र आफू असम्बद्ध कामकुराबाट तर्किनसके मन शान्त रहनेछ । जे कुरा जोसित सम्बन्धित छ, उसैसित गर्नु उपयुक्त हुनेछ । नवविवाहिताहरूले बोल्दा र व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्नेछ । कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया नजनाएकै उत्तम रहनेछ । महिनाको पूर्वार्द्धको तुलनामा उत्तरार्द्ध बढी अनुकूल रहनेछ ।


धनु
प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । व्यक्तिगत कामकाजका लागि समय दिन पाइनेछ । नवीन रोजगारीको सम्भावना पनि छ । कसैकसैको यो महिनामा कतै सरुवा वा बसाइ सराइ पनि हुनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो धनलाभ हुनेछ । तनमन उत्साहित र स्वस्थ रहँदा जुनै क्षेत्रका लागि पनि यो महिना आफू अनुकूल नै रहनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कुनै कुराले मनमा अप्रत्याशित खुसी दिनसक्छ । व्यक्तिगत इच्छानुसारका कामकाजमा पनि समय दिन भ्याइनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । भनेअनुसार सबै काम गर्न पाउँदा मन सन्तुष्ट रहनेछ ।


मकर
मनमा भएको द्विविधा हटेर जानेछ । रोकिएका कामकुराले पनि गति लिन थाल्नेछन् । सानातिना कुरालाई खासै वास्ता नगरी आत्मविश्वासी भएर आफूलाई अघि बढाइनेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । यात्रा गर्दा वा कतै जाँदा मालसामानको ख्याल गर्नुपर्ने बेला छ । कुनै काममा आर्थिक लगानी गर्नुअघि प्रक्रिया बुझ्न आफूलाई समय दिनुपर्ने हुन्छ । पारिवारिक सुख मिल्नेछ । कुनै कुराको अप्रत्याशित लाभ हुनसक्छ । आकस्मिक उपहार पाइने सम्भावना पनि छ । दाम्पत्य जीवन सुखमय रहनेछ । कतै घुमघाम गर्न जाने प्रबन्ध मिल्नसक्छ ।


कुम्भ
समयलाई आफूअनुकूल बनाउँदै गइनेछ । कुनै कामको विशेष तयारीका लागि आफूलाई खटाइनेछ । वैदेशिक यात्राको सम्भावना रहेको छ । धेरैजसो काम आफूले नै सम्पन्न गर्नुपर्ने हुँदा अलि बढी व्यस्त भइएला । समय–सन्दर्भ विचारी कार्यविभाजन गर्दै गर्दा केही सहज होला । सन्तानप्रतिको कर्तव्य र जिम्मेवारीमा अडिग भइनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । अपेक्षित व्यक्तिबाट भनेजस्तो सहयोग पाइनेछ । आफ्नो कामका लागि पनि केही समय दिन भ्याइनेछ । कहिलेकाहीँ काम गर्दा अलमल हुनसक्ने र कसैले काममा भाँजो हाल्ने प्रयत्न पनि गर्नसक्छन् । सकेसम्म खुराफाती प्रवृत्तिका र आफ्ना प्रतिस्पर्धीबाट तर्किएर धैर्यपूर्वक काम गर्नुपर्ने बेला छ ।


मीन
विचारेर काम गर्नुपर्ने बेला छ । सबै कुरा आफूअनुकूल नहुनसक्छन् । कुनैकुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । धैर्य भई शान्तपूर्वक चल्नु ठीक हुनेछ । कुनै कुराले नजानिँदो गरी मन भित्रभित्रै चिमोट्नसक्छ । जोकोहीसित बोली र व्यावहारिक काम गर्दा तटस्थ रहनु उत्तम रहनेछ । नभनी र नगरी नहुने कुरामा आफूलाई अघि बढाउनु उचित हुनेछ । जे कुरा जोसित सम्बन्धित छ उसैसित गर्नु उचित रहनेछ । आर्थिक कामकाजका क्षेत्रमा लगानी गर्दा पनि राम्ररी विचार गर्नुपर्ने हुन्छ । एक–अर्काको भावनालाई राम्ररी बुझेर तदनुरूप काम गर्न सके दम्पतीमा सम्भावित विवाद टर्नसक्छ । सकारात्मक सोचले काम गर्न सके मन सुखी र सन्तुष्ट रहला ।

 Image