Successfully Copied

माघ महिनाको राशिफल

माघ महिनाको राशिफल


मेष
योजनानुसार काममा पनि सफलता मिल्दै जानेछ । सम्बन्धित काममा सहयोग प्राप्त हुनेछ । न्यायिक, सामाजिक, राजनीतिक क्षेत्रका लागि महिना उपलब्धिमूलक रहला । पारिवारिक मेलमिलाप एवं सद्भाव बढ्नेछ । कसैको विवाह हुनसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न कुराको लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही किनमेल हुनसक्छ । प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुँदा मन प्र्रसन्न रहनेछ ।


वृष
विभिन्न कुराले गर्दा व्यस्त रहनुपर्नेछ । मनमा विभिन्न खालका मिश्रित भावना उत्पन्न हुनसक्छन् । सकारात्मक सोचमा रही शान्त र धैर्यपूर्वक काम गर्नुपर्ने बेला छ । ९ गतेसम्मको समय तपाईं अनुकूल भएकाले कुनै विशेष कार्य भए त्यसै समयभित्र गर्नु मुनासिब रहनेछ । अनपेक्षित वादविवादबाट बच्न कुराकानी र प्रतिक्रियात्मक कार्यमा विशेष सजग रहनुपर्ने बेला छ । महिनाको उत्तरार्द्धमा आफ्ना कामका लागि केही फुर्सद हुनेछ । साथीहरूसित कतै जमघट हुनसक्छ । अल्मल्याउने बाटाहरू धेरै हुनसक्ने भएकाले शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिले पठनपाठनमा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।


मिथुन
विविध कुराको जिम्मेवारीले गर्दा महिनाको पहिलो हप्ता भ्याइनभ्याइ हुनसक्छ । कामको परिणाम के–कस्तो हुने होला भनी मनमा विभिन्न तर्कना हुनसक्छन् । त्यसपछि समयमा केही राहतको अनुभव हुनेछ । कुनै काममा विशेष उपलब्धि प्राप्त हुनसक्छ । आफ्नो कार्यक्षेत्रबाट पनि राम्रो सद्भाव मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कुनै प्रयोजनका लागि केही कुराको किनमेल हुनेछ । धार्मिक एवं माङ्गलिक कार्यका क्षेत्रमा संलग्न रहनुपर्नेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ एवं समझदारी कायम रहनेछ ।


कर्कट
यात्रा गर्ने योग रहेको छ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । समयलाई आफ्नै अनुकूलता विचारी तदनुरूप ढाल्न खोजिनेछ । जता जाँदा पनि राम्रो साथ, सद्भाव र सम्मान पाइनेछ । कसैको विवाह हुने सम्भावना छ । विभिन्न कुराको लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै धार्मिक काममा सहभागी हुने मौका मिल्नेछ । आर्थिक एवं व्यापारिक पक्ष सुदृढ रहनेछ । सबैसित कुराकानी गर्दा शान्त र तटस्थ रहने प्रयास गर्नसके राम्रो होला ।


सिंह
उपलब्धिमूलक महिना छ । कुनै कुराले मनमा अप्रत्यासित खुसी प्रदान गर्नेछ । मन उत्साही र प्रसन्न हुँदा तन स्वस्थ रहनेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्ने व्यक्तिहरू पनि प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित साथ र समझदारी कायम रहनेछ । आफूसित असम्बन्धित कामकुरामा तर्किन सके अनावश्यक तनावबाट बच्न सकिनेछ । कसैकसैको घरमा नयाँ सदस्यको स्वागत हुनसक्छ । विभिन्न पारिवारिक सदस्यहरूको आगमनले घरमा रमाइलो रहनेछ ।


कन्या
इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । शैक्षिक, साहित्यिक, सामाजिक, व्यावसायिक एवं प्राविधिक काममा सफलता मिल्नेछ । थोरै समयमा धेरै काम भ्याउनुपर्दा धेरै व्यस्त भइनेछ । सबै कुरामा शान्त, धैर्य र सकारात्मक रूपमा उपस्थित हुन सके आफैलाई फाइदा पुग्नेछ । कसैको भर पर्नुपरे पनि बेलाबेला सोधखोज गरिरहनुपर्ने हुन्छ । सकेसम्म र मिलेसम्म अलिअलि गर्दै आफैं काम सक्दा सजिलो होला । कुनै कुरालाई लिएर पारिवारिक छलफल हुनसक्छ । एक–अर्काको भावना बुझी काम गर्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । समसामयिक कुरालाई विचार्दै आफ्ना लागि पनि केही समय छुट््याउन सके मन शान्त रहला । मौसमी खानपान र रहनसहनमा पनि उत्तिकै विचार गर्नुपर्ने बेला छ ।


तुला
विभिन्न कामले गर्दा व्यस्त रहनुपर्नेछ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदढ रहनेछन् । परिवारमा कुनै कार्यक्रम वा भेला हुनसक्छ । व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । कसैको घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनसक्छ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य, व्यायाम र खानपानमा ध्यान दिनुपर्ने बेला छ । जुनै पनि काम गर्दा बेलाबेलामा तनलाई विश्राम दिनसकेमा मस्तिष्कमा भार पर्ने छैन । समयानुसार कामको वर्गीकरण गरेमा आफैलाई सजिलो होला ।


वृश्चिक
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । प्रायः सबै कामकुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । समयको महत्ता बुझ्दै आफ्नो योग्यतालाई राम्ररी प्रस्तुत गर्नुपर्ने बेला छ । जता जाँदा पनि राम्रो मानसम्मान पाइनेछ । सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछन् । कुनै भोजभतेरमा सहभागी हुने मौका मिल्नसक्छ । नयाँ एवं पुराना मित्रहरूसित भेटघाट गर्ने मौका मिल्नसक्छ । सम्भवतः यो महिनामा कसैको लगनगाँठो बाँधिनसक्छ । विविध कुराले गर्दा मनले खुसी र सन्तुष्टिको अनुभव गर्नेछ ।


धनु
पारिवारिक सुख–समृद्धि बढ्नेछ । आफ्नो अनुकूलता विचारी इच्छानुसारका कामका लागि पनि समय छुट््याइनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, साथ र समझदारी कायम रहनेछ । कतै नयाँ ठाउँमा घुमघाम गर्न जाने मौका मिल्नसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । योजना बनाएर काम गरेमा सजिलो होला । कसैको बसाइ सराइ हुनसक्छ । टाउको एवं आँखा दुख्ने योग भएकाले मसिनो काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ । सकेसम्म आफू सम्बन्धित कामकुरामा मात्र आफूलाई सीमित राख्न सके अनावश्यक झमेलाबाट बच्न सकिन्छ । जता जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुहोला ।


मकर
वैदेशिक यात्राको योग रहेको छ । विभिन्न कामकुरामा आबद्ध हुनुपर्दा केही व्यस्त भइनेछ । कसैकसैको यो महिनामा गृहस्थ जीवनको सुरुवात हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तान लाभको योग छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । तपाईंको भावना बुझी तदनुरूप काम गर्ने प्रयत्न हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । ऐन मौकामा काम गर्दा कुनै सहयोगी पछि हट्नसक्छन् । कसैमाथि पूर्णतया निर्भर नभै सकेसम्म आफै काममा लागिपर्नु उचित हुनेछ । मुटु, ग्यास्ट्रिक, पेट कब्जियत तथा पाइल्सका बिरामीले स्वास्थ्य, मौसम र खानपानमा उचित ध्यान दिनुपर्नेछ ।


कुम्भ
यो महिना तपाईंका लागि विशेष फलदायी रहनेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको मूर्तरूप लिनेछ । विविध कुरामा रमाउने अवसर जुट्नेछ । सबैतिरबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । व्यक्तिगत कामकुरामा समय दिन पाइनेछ । कतैबाट कुनै आकस्मिक उपहार प्राप्त होला । पारिवारिक वातावरण सुखमय रहनेछ । महिनाको उत्तरार्द्धको समयमा व्यावहारिक कार्य गर्दा सजग रहनुपर्नेछ । राम्रो गर्दागर्दै पनि अनपेक्षित अपजस आउनसक्ने भएकाले कुनै पनि कामकुरा गर्दा संयम रहनुपर्ने बेला छ । नबोली नहुने कुरामा मात्र आफ्नो अभिमत प्रकट गर्नु उचित रहनेछ ।


मीन
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो मान–सम्मान पाइनेछ । कुनै नयाँ कामकुराका लागि प्रस्ताव आउनसक्छ । कसैकसैको यो महिनामा विवाहको योग छ । प्रायः सबै कामकुरा आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । कुनै पनि काम गर्दा सबैतिरबाट अपेक्षित साथ र सद्भाव पाइनेछ । कतै घुमघाम गर्न जाने अवसर जुट्नसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । इच्छानुसारका सामग्रीको किनमेल गर्ने मौका मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकृष्ट हुनसक्छ । समयानुसार आफू र आफू वरिपरिको वातावरणमा रमाउने र सन्तुष्ट रहने प्रयास गरिनेछ । 

 Image