Successfully Copied

चिया बगानमा  कल्चरल पोज

‘हरियो कार्पेट’ जस्तो देखिने चिया बगानमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ । इलामको कन्याम चिया बगान पुगेका पर्यटकहरु हिजोआज आफूले लगाएको पहिरनमा मात्र फोटो खिचाउँदैनन् । उनीहरु विभिन्न जातजातिका मौलिक पोसाक लगाएर फोटो खिचाइरहेका पाइन्छन् ।

घुम्न आएका पर्यटकलाई आकर्षित गर्ने र भुलाउने अनेक काइदा हुन्छन् । त्यसमध्ये पनि चिया बगान घुम्न आएकाहरू प्राकृतिक सुन्दरतामा रमाउँदै फोटो खिचेर मज्जा लिन रुचाउँछन् । थुम्का–थुम्कामा फैलिएको चिया बगानमा उभिएर सेल्फी खिच्नुको रमाइलो बेग्लै छ ।

‘हरियो कार्पेट’ जस्तो देखिने चिया बगानमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ । 

इलामको कन्याम चिया बगान पुगेका पर्यटकहरु हिजोआज आफूले लगाएको पहिरनमा मात्र फोटो खिचाउँदैनन् । उनीहरु विभिन्न जातजातिका मौलिक पोसाक लगाएर फोटो खिचाइरहेका पाइन्छन् । कन्याममा राई, लिम्बू, शेर्पा, नेवार, लाप्चा, तामाङ, मगर, गुरुङ आदिका मौलिक पहिरन लगाएर फोटो खिचाउनेहरूको ओइरो लाग्छ । यतिबेला कन्याममा परम्परागत पहिरन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । 

यस्ता परम्परागत पहिरनका लागि पोसाक सेन्टरहरू पनि खुलेका छन् जहाँ विभिन्न जातिका पोसाकदेखि गहनासम्म उपलब्ध हुन्छन् । एउटा ड्रेस लगाएर तस्बिर खिचाएको समयअनुसार १ सयदेखि २ सय रुपैंयाँसम्म शुल्क लिने गरेको व्यवसायीहरू बताउँछन् । आदिवासी जनजातिको पोसाक चिनाउन र पर्यटन प्रवर्द्धन गर्न  ‘कल्चर ड्रेस’ को महत्व बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

घोडचढीमा रमाउन, चियाबारीमा फोटो खिच्न, पिकनिकमा रमाउन, सूर्योदयको दृश्यावलोकन गर्न, चिया गार्डेन हाइकिङ गर्न तथा चियाको महत्व बुझ्न सूर्योदय नगरपालिकाको कन्याम धेरैको रोजाइ बन्दै गएको छ । प्रदेश नम्बर–१ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम पूर्वी नेपालको हनिमुन गन्तव्यका रूपमा समेत चर्चित हुँदै गएको छ । 

 Image