साहसिक यात्राका लागि पदमार्ग
उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ ।

घुमघामको सौखिन हुनुहुन्छ ? त्यसो हो भने एकपटक पुग्नैपर्छ-मुन्नार हिल स्टेशन। भारतको दक्षिणी भारतीय राज्य केरलामा पर्ने यो स्थान कहलिएको पर्यटकीय स्थल हो। मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यो क्षेत्रलाई 'ईश्वरको देश' को उपमा दिइएको छ। विशाल क्षेत्र ओगटेको कलात्मक चिया बगान यसको विशेष आकर्षण हो। यहाँ 'नीलकुञ्जी' नामक एक किसिमको वनस्पति पाइन्छ, जुन १२ वर्षमा एकपटक मात्र फुल्छ। उक्त फूल फुल्ने सिजनमा त्यहाँ पर्यटकको चाप निकै बढ्छ।
तीन पर्वत शृंखला मुथिरापुझा, नललथन्नी र कुण्डलको संगमस्थल हो, मुन्नार हिल स्टेशन। यो समुद्री सतहबाट १६ सय मिटरको उचाइमा छ। मुन्नार पहाडी थुम्काहरूमा देखिने कलकलाउँदो चियाको बोटले सजिएको छ। चिया संग्रहालय, औपनिवेशिक बंगला, स-साना नदीहरू, झरना यसका थप आकर्षण हुन्। प्राकृतिक दृश्यावलोकनसँगै शान्त वातावरणमा रमाउन चाहनेहरूका लागि मुन्नार निर्विकल्प रोजाइ हो। यहाँ माउन्टेन वाइकिङ, प्याराग्लाइडिङ, हाइकिङ, जंगल सफारी, वोटिङ आदिको मज्जा लिन सकिन्छ।
चिया बगानको उत्पत्ति र विकासका दृष्टिले मुन्नारको फरक पहिचान छ। पर्वत ऋंखलामा चियाको उत्पत्ति र विकाससँग सम्बन्धित रोचक तथ्यहरूलाई सुरक्षित राख्न यहाँ संग्रहालय निर्माण गरिएको छ। टाटा टिले निर्माण गरेको उक्त संग्रहालयमा दुर्लभ कलाकृति, चित्र एवं मेसिनहरू राखिएका छन्। यहाँ संग्रहित हरेक कृति ऐतिहासिक महत्वका छन् जसले मुन्नार चिया बगानको उत्पत्ति एवं विकासका सन्दर्भ केलाउन मद्दत गर्छन्। यो संग्रहालय मुन्नारको दर्शनीय स्थल हो।
मुन्नारको यात्रामा छुटाउनै नहुने गन्तव्य हो-इराविकुलम राष्ट्रिय उद्यान। मुन्नार हिल स्टेशनबाट १५ किलोमिटर दूरीमा अवस्थित यो उद्यान दुर्लभ एवं संकटोन्मुख पशुपंक्षीको सुरक्षित आश्रयस्थल हो। यो उद्यान ९७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। मनोरम चिया बगानसहितको उद्यान ट्रेकिङका लागि सर्वोत्तम स्थान मानिन्छ। यही उद्यानमा अवस्थित आनामुडा शिखरले पनि पर्यटकहरूलाई लोभ्याउँछ। यो दक्षिण भारतको सबैभन्दा अग्लो शिखर हो।
मुन्नार सहरबाट १३ किलोमिटर टाढा अवस्थित मट्टुपेटी अर्को आकर्षक स्थान हो। समुद्री सतहबाट १७ सय मिटरको उचाइमा रहेको मट्टुपेटी मेसनरी बाँध र सुन्दर झिलका लागि प्रख्यात छ। हरियो पहाडले घेरेको यो विशाल जलाशयमा नौका विहारको मज्जा लिन सकिन्छ। यो उचाइबाट आसपासका दृश्यहरू पनि लोभलाग्दा देखिन्छन्। मट्टुपेटी आफ्नो उच्च विशिष्ट डेरी र्फमका लागि चर्चित छ। इन्डो स्विस लाइभस्टक परियोजनाद्वारा सञ्चालित डेरी र्फम र त्यहाँ पालिएका उन्नत जातका गाईले यात्रालाई थप रोमाञ्चक बनाउँछन्। हराभरा चिया बगान र घाँसे मैदानले पनि यो स्थानलाई सुन्दर बनाएको छ।
मुन्नारबाट लगभग १३ किलोमिटरको दूरीमा रहेको पल्लिवासल पनि पुग्नैपर्ने स्थान हो। केरलाको पहिलो हाइड्रो इलेक्टि्रक परियोजना स्थल रहेको पल्लिवासल खासगरी प्राकृतिक सौन्दर्यमा रमाउनेहरूका लागि उपयुक्त गन्तव्य बन्न सक्छ। यहाँ पर्यटकका लागि सुविधायुक्त पिकनिक स्पट छ। मुन्नार सहर नजिकै चिन्नकनाल छ। चिन्नकनाल आकर्षक झरनाका लागि सुपरिचित छ। यहाँबाट सात किलोमिटर अगाडि जाने हो भने अनयिरंगल आउँछ। अनयिरंगललाई सुन्दर जलाशय एवं कलात्मक चिया बगानले सजाएको छ।
भारतकै सवैभन्दा उचाइमा रहेको चिया बगान कोल्लुकुमल्लेको दृश्यावलोकन गर्न पनि मुन्नार पुग्नैपर्छ। यहाँ सर्वाधिक गुणस्तरको चिया उत्पादन हुन्छ। यसका साथै कोल्लुकुमल्ले चिया बगानबाट तामिलनाडुको खुला मैदान हेर्नुर्को बेग्लै मज्जा छ। यहाँ यातायातको साधनमा जीप मात्र उपलब्ध छ। मुन्नारबाट ८ किलोमिटरको दूरी छिचोल्ने हो भने अथुकड झरना पुगिन्छ। खासगरी वषर्ायाममा त्यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ। यो झरनालाई गन्तव्य बनाएर हिँड्दा बाटामा अरू साना दुई झरनाको पनि दृश्यावलोकन गर्न सकिन्छ।
मुन्नारमा खानपानका लागि समस्या छैन। प्रशस्त होटल-लज छन्। ठूला एवं भव्य होटल नभए पनि त्यहाँ सस्तो र राम्रो खाना खान सकिन्छ। मुन्नारको परिकारमा चिकन र मटन विरयानी प्रसिद्ध छ। त्यसो त इन्डियन मात्र होइन, कन्टिनेन्टल र शाकाहारी परिकारका लागि पनि त्यहाँ समस्या छैन। सडक, रेल एवं हवाई मार्गमार्फत भारतका ठूला सहरहरूबाट मुन्नार पुग्न सकिन्छ।
मुन्नारको इतिहास एकदमै रोचक छ। कुनैबेला यहाँ बि्रटिस शासकले राज गर्थे। स्काटिस यस्तो पहिलो मानिस थिए, जसले भारतको मानचित्रमा मुन्नार खोजेका थिए। बि्रटिस नागरिकहरूले यो क्षेत्रलाई चिया खेतीका लागि व्यापक प्रयोग गरे। उनीहरू गर्मी छल्न पनि मुन्नार पुग्थे। १९ औं सताब्दीदेखि यहाँ बस्ती बस्न थालेको इतिहास छ। १८९५ पछि मुन्नारको विकासले गति लिएको पाइन्छ। सुन्दर प्राकृतिक दृश्यले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ।