Successfully Copied

साहसी शान्ति

शान्तिको यात्रा सन् २०१५ मा बहिनीले पठाएको भिजिट भिसामा युएई आइपुगेपछि सुरु भएको थियो । ब्युटिसियनका रूपमा आफ्नो करियर सुरु गरेकी शान्तिले सैलुनको जागिर छोडेर थोरै तलबमा यातायात कम्पनीमा स्कुल बस सुपरभाइजरका रूपमा काम गर्न थालिन् ।


ओखलढुंगामा अमरबहादुर भण्डारी र देउमाया भण्डारीको कोखबाट जन्मिएकी हुन्, शान्तिकुमारी भण्डारी । उनको यात्रा भिजिट भिसामा ब्युटिसियनदेखि मध्यपूर्वमा प्रथम महिला डबल–डेकर (दुई तल्ले) बस चालक बन्ने दृढ संकल्प, लचिलोपन र अटल महत्वाकांक्षासहितको प्रेरणादायी गाथाभन्दा कम छैन ।


शान्तिको यात्रा सन् २०१५ मा बहिनीले पठाएको भिजिट भिसामा युएई आइपुगेपछि सुरु भएको थियो । ब्युटिसियनका रूपमा आफ्नो करियर सुरु गरेकी शान्तिले सैलुनको जागिर छोडेर थोरै तलबमा यातायात कम्पनीमा स्कुल बस सुपरभाइजरका रूपमा काम गर्न थालिन् । त्यतिबेलासम्म पार्लर भिसामा आएकालाई लाइसेन्स लिने सुविधा थिएन ।
शान्तिले ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि विभिन्न अवरोध पा

र गर्दै सन् २०१७ मा लाइट सवारीको इजाजतपत्र प्राप्त गरिन् । त्यसपछि अल गजल यातायातमा ट्याक्सी चालक बनिन् ।


उनको महत्वाकांक्षा बढ्दै गयो र उनी हेभी बस लाइसेन्स प्राप्त गर्न चाहिन् । यो क्षेत्रमा महिलाहरू सहभागी नभएकाले शान्तिका आफन्तहरूले नै शंका व्यक्त गरे । तर पनि उनले सफलतापूर्वक हेभी बसको लाइसेन्स पहिलो ट्रायलमै प्राप्त गरिन् । ‘मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने प्रथम नेपाली महिला भएकोमा गर्व लाग्यो, उनले भनिन् ।’ धेरै नेपाली दिदीबहिनी तथा विदेशी महिला कामदार यसबाट प्रेरित हुने विश्वास छ, शान्तिले भनिन् ।


उनले आबुधाबीको सिटी बस चलाउन आवेदन दिएकी थिइन् र अन्तर्वार्तामा पनि सफल भइन् । उनले ड्राइभिङ टेस्टमा समेत सफलता प्राप्त गरेकी थिइन् तर महिला बस चालकका लागि सिटी बसमा पोलिसी/नीति नभएका कारण अबुधाबी सहरमा बस चलाउने उनको आवेदन रद्द भयो । यसपछि उनले पर्यटन क्षेत्रमा नयाँ जग तोड्ने लक्ष्य राख्दै बिग बस टुर्समा आवेदन दिइन् ।
सुरुमा पर्यटन क्षेत्रले महिला डबल डेकर बस चालक स्वीकार गरेन । त्यतिबेलासम्म मध्यपूर्वकै पर्यटन क्षेत्रमा कुनै महिला बस चालक थिएनन् । बिग बस टुर्स मध्यपूर्वका क्षेत्रीय निर्देशक श्री माइकल लिसको सहयोगमा शान्तिलाई प्रथम महिला डबल डेकर बस चालकका रूपमा स्वीकृति प्रदान गरियो । तिनीहरूले प्रारम्भिक प्रतिरोधलाई मार्ग प्रशस्त गरेर शान्तिलाई इतिहास रच्ने अवसर प्रदान गरे । आज शान्तिले मध्यपूर्वको पर्यटन क्षेत्रमा प्रथम महिला डबल डेकर (दुई तल्ले) बस चालकको उपाधि प्राप्त गरेकी छिन् । त्यसबाट चुनौतीपूर्ण स्टेरियोटाइप र महिलाले असीमित क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित भएको छ ।
जगन अधिकारी

 Image