Successfully Copied

समाजसेवा र राजनीतिमा रुची राख्ने अनिता

अनिता यादव द मिसेस नेसनल–२०१८ विजेता हुन् । मोडलिङबाटै करियर सुरु गरेकी उनले राष्ट्र र समाजका लागि उदाहरणीय पात्र बन्ने सोच छ । उनले घडी, सनग्लास आदि थुप्रै विज्ञापनमा काम गरेकी छन् ।

अनिता यादव द मिसेस नेसनल–२०१८ विजेता हुन् । मोडलिङबाटै करियर सुरु गरेकी उनले राष्ट्र र समाजका लागि उदाहरणीय पात्र बन्ने सोच छ । उनले घडी, सनग्लास आदि थुप्रै विज्ञापनमा काम गरेकी छन् ।


अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म मधेसगानमा मेन फेसका रूपमा काम गरिरहेकी छु । अहिले यो गीतको सुटिङ भइरहेको छ । त्यसबाहेक म ‘द मिसेस नेसनल–२०२३’ ब्रान्ड एम्ब्यासडरका रूपमा कार्यरत छु ।


यो प्रतियोगितामा कसरी जोडिनुभयो ?
सानैदेखि मोडलिङमा रुचि भए पनि त्यसलाई पूरा गर्न सकेकी थिइन । विवाहपछि श्रीमान्को सहयोगका कारण सामाजिक सञ्जालमा ‘द मिसेस नेसनल–२०१८’ को आवेदन देखेर यसमा भाग लिएकी हुँ ।



अरु केमा रुचि छ ?
मलाई समाजसेवा र राजनीतिमा रुचि छ । पहिले पनि राजनीतिका लागि अफर आएको थियो । तर पूर्णरूपमा तयार थिइन । राजनीतिमा अलि पछि आउँछु । राष्ट्र र जनताका लागि काम गर्ने मन छ । नाच्न, गाउन, खान पकाउन मन लाग्छ ।



यो टाइटल जितेपछि तपाईंमा के–के परिवर्तन पाउनुभएको छ ?
सबैभन्दा पहिले त मेरो आफ्नो पहिचान बनेको छ । कसैकी छोरी, कसैकी श्रीमती भन्दा मेरो आफ्नै पहिचान छ । आत्मविश्वास बढेको छ । मभित्र भएका नकारात्मक कुरा हराएर सकारात्मक सोचको विकास भएको छ । सबै कुरालाई सहज रूपमा लिन्छु । अरूका सामु खुलेर बोल्न सक्छु ।


आगामी योजना के छ ?
महिलाहरूलाई घरभित्रबाट निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्न ‘द मिसेस नेसनल–२०२३’ ब्रान्ड एम्ब्यासडरका रूपमा जोडिएकी छु । यो प्रतियोगिताको मूल नारा नै ‘महिला सशक्तीकरण’ रहेको छ । आगामी दिनमा यही कामलाई निरन्तरता दिनेछु । यस्ता सौन्दर्य प्रतियोगिताले महिलामा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले उनीहरूका लागि यस्तै प्लेटफर्म लिएर आउँदैछु । त्योसँगै छात्रवृत्तिमा केही जेहेन्दार कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई पढाउने विचारमा छु । 

 Image