‘अप्ठ्यारालाई चिर्दै अघि बढे सफल भइन्छ’
स्वास्थ्य शिविरमा सहभागी हु“दा पाठेघर खस्ने समस्या पहाडी भेगमा बढी भएको पाएँ । उमेरभन्दा छिटो विवाह गर्दा यस्तो समस्या उत्पन्न हुन्छ ।

चिया घरकी उद्यमी विमला पराजुलीले आफ्नो पहिचान चिया घरबाटै बनेकाले यो व्यवसायमै खुसी रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' चौथो सत्रअन्तर्गत 'अवरोधहरु छिचोल्दै उडान'मा बोल्दै आफ्नो संघर्षका कथाहरु सुनाइन् । १३ वर्षको उमेरमा आफू भोजपुरबाट काठमाडौं आएसँगै सुरुमा शारीरिक अशक्त बच्चाको स्याहार गर्ने काम पाएको बताइन् । 'पछि १९ वर्ष पुग्दा काठमाडौंमा एक व्यक्तिले आफ्नो दुःख सुनेर दिएको ५ सय रुपैयाँबाट चियाको व्यापार सुरु गरेँ, दैनिक नाफा १ सय रुपैयाँ कमाइ भयो', उनले सुनाइन् 'पछि संसद भवनको ३ नम्बर गेटमा ठेला गाडा राखेर चिया पकाएर बेच्न थालेँ, महानगरको अवरोध भइरहन्थ्यो, त्यहाँबाट फेरि बानेश्वरमा सटर लिएर चिया घर नै खोलेँ ।' ठेला पसलबाट चिया बेच्न थालेकी उनकाे अहिले विभिन्न स्थानमा चिया घर सञ्चालनमा छन् । नयाँ बानेश्वर, कुमारीपाटी, पुतलीसडक, पेप्सीकोलामा चिया घर सञ्चालनमा छन् । चिया पकाएर व्यवसाय थाल्दै गर्दा आफूले बच्चालाई स्कूल भर्ना गर्न समेत समस्या झेल्नुपरेको पराजुलीको अनुभव छ । 'बानेश्वर नजिकैको एक स्कूलमा बच्चालाई खाना पनि खुवाउने भएकाले मलाई सजिलो हुने भएकाले त्यहाँ भर्ना गर्न गएँ', उनले सुनाइन् 'तर स्कूलका प्रिन्सिपलले बाटोमा बसेर चिया पकाउनुहुन्छ, तपाईंले कसरी यो स्कुलमा बच्चा पढाउन सक्नुहुन्छ ? अहिले नै मासिक १० हजार फी छ भनेर जवाफ दिनुभयो ।' पछि कसैको मद्दतबाट त्यहीं स्कूलमा भर्ना गर्न पाएको उनले बताइन् । हाल पराजुलीको छोरा अमेरिकाको एक विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् ।