पदमाको पहल: स्वतन्त्र तथा स्वयत्त शिक्षामा जोड
यही चैत्र ८ हुने भनिएको त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा पहिलो पटक स्याङ्जामा जन्मिएकी पदमा भुसाल स्वतन्त्र रुपमा महिला सभापतिको उम्मेदवार बनेकी हुन ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल'मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
'अहिले प्रविधि घर-घरमा पुगेको छ, हाम्रो पालोमा फेसबुक चलाउनुलाई नराम्रो रुपमा लिइन्थ्यो' उनले भनिन् 'फेसबुक चलाउने केटीलाई बिहे गर्नुहुँदैन भन्ने हुन्थ्यो, टेक्नोलोजी महिलाले चलाउन सक्दैन भनिन्थ्यो तर अहिले यसको चेन्जमेकरहरु घर-घरमा देखिन थालेका छन् ।'
विज्ञान, प्रविधि र इन्जिनियरिङमा महिलाहरुले लडेर पहुँच बनाएकाे उदाहरण उनले सुनाइन् । 'सन् १९७३ मा सुधा मुर्तिले इन्डियन इन्स्टिच्युट अफ साइन्सबाट उत्कृष्टता हासिल गरे पनि महिलाले टाटा कम्पनीमा निवेदन गर्न पाउँदैनथे' उनले भनिन् 'त्यतिबेला सुधाले मुम्बईमा पुगेर टाटा कम्पनीसँग लडाईं गरेकी थिइन् ।'
एनजीओ, आइएनजीओ, विद्यालय, महिला समूह र वडामा हुने महिला समितिले डिजिटल साक्षरता बढाउँदै लैजानुपर्ने यमीको भनाइ छ । 'महिलाको डिजिटल साक्षरता बढाउने राम्रो नीति सरकारले बनाउनु पर्यो । बजेट पनि छुट्याउनु पर्यो' उनले भनिन् 'नीतिलाई कार्यन्वयन गर्ने बजेट भएन भने त्यो कागजमै सिमित हुन्छ ।'
प्रविधिमा रहेको प्रोजेक्टलाई विदेशमा रहेको राजदूतले नेपाल ल्याउँदा दक्ष जनशक्ति बाहिरिनु नपर्ने यमीको भनाइ छ । 'विदेशमा भएको सबै नेपाली दूतावासले त्यहाँको प्रोजेक्ट यता सार्यो भने हामीकहाँ भएको जनशक्तिले काम पाउने छ' यमीले भनिन् 'हामीकहाँ प्रविधिका दक्ष जनशक्ति छन् ।' प्रविधिका क्षेत्रमा नयाँ कुरा आविस्कार हुँदा त्यसको परिचालनमा महिलाको उपस्थिति राम्रो हुनुपर्ने उनले जनाइन् ।