लैंगिक वकालतमा मलिका
होटल अन्नपूर्णमा एचआर म्यानेजरका रूपमा तीन वर्ष काम गरिसकेकी मलिका राणा अहिले आईडिपी नेपालको एचआर म्यानेजरमा कार्यरत छिन् ।

आरोही तथा पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडाबाट सफल आरोहण सम्पन्न गरेकी छन् । उत्तरी मोहोडाबाट जेठ ९ गते बिहीबार बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गरेकी हुन् भने नेपालतर्फको दक्षिणी मोहोडाबाट ०७५ जेठ ९ मा सफल आरोहण गरेकी थिइन् । उत्तरी मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै प्रथम महिला पत्रकार बन्न सफल तथा सम्भवतः दुवै मोहोडाबाट एउटै महिनाको एउटै तारिख तथा एउटै गतेका दिन सगरमाथा शिखर चुम्ने प्रथम व्यक्तिमा दरिएकी छन् ।
‘पहिलो आँट भनेको आफ्नो लक्ष्य प्रमाणित गर्नु थियो । समाजमा छोरीप्रति गरिने व्यवहारलगायत मेरा जीवनका घटनाहरू मेरा प्रेरणा हुन्’ उनले भनिन् । महिला जुनसुकै शिखर चुम्न सक्षम रहेको उनको भनाइ छ । कल्पनाले भनिन्, ‘दोस्रो पटक चुचुरोमा पुग्दा महिलाले जुनसुकै काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित भयो । हामी नारीले हरेक क्षेत्रमा आफूलाई प्रमाणित गर्न सक्छौं भन्ने विश्वास बढ्यो । सगरमाथाको आशीर्वादले मेरो शैक्षिक अभियान पनि सफल हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ कल्पनाले चीनको ल्हासातर्फबाट ०७५ चैत २८ गते सगरमाथा प्रस्थान गरी ४३ औं दिनमा दोस्रो पटक सफलतापूर्वक सर्वोच्च शिखर चुम्न सफल भएकी थिइन् ।