गोल मेसिन सावित्रा भण्डारी
सावित्रा भण्डारीले खेल यात्रा सुरु गरेको धेरै भएको छैन । यद्यपि छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छिन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी पाएकी छिन् । खेलमैदानमा भने उनको छुट्टै नाम छ–साम्बा ।
अनुभवी सञ्चारकर्मी संगीता श्रेष्ठ अब चलचित्र निर्देशनमा लागेकी छिन् । म्युजिक भिडियो एवं छोटा चलचित्रको निर्देशन गरिसकेकी संगीताले ठूलोपर्दाको चलचित्र निर्माणमा पनि हात हालेकी हुन् । संगीताले निर्देशन गर्न लागेको चलचित्र कथा काठमाण्डुमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरि, सन्ध्या केसी, संजोग कोइराला तथा प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । संगीताले निर्देशन गर्ने चलचित्रमा ३ फरक–फरक कथालाई एक ठाउँमा जोडिएको छ । नेपाली चलचित्रमा यस्तो प्रयोग नभएको संगीता बताउँछिन् । संगीता ३ फरक–फरक कथा भए पनि सबै कथाका पात्रसँग एक–अर्काको संयोजन हुने जानकारी दिँदै संगीता भन्छिन्–यो चलचित्रलाई युवापुस्ताले बढी रुचाउने कुरामा म ढुक्क छु ।