जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
नेपाली एथलेटिक्समै सर्वाधिक सफल महिला धाविका कान्छीमाया कोजूले मध्यम दूरीको दौडमा लगातार वर्चस्व कायम राख्दै आएकी छिन् । गत महिना उनले महत्वपूर्ण दुईवटा उपाधि हात पारिन् । स्तन क्यान्सरसम्बन्धी चेतना जगाउँदै महिला सशक्तिकरणको अभियान चलाउने उद्देश्यले सम्पन्न पिंकाथन हाफ म्याराथनमा कोजुले नयाँ राष्ट्रिय कीर्तिमानसहित उपाधि जितिन् । १ घन्टा १८ मिनेट २८ सकेन्डमा दौड पूरा गरेकी कान्छीमायाले २००६ को बर्लिन म्याराथनमा निर्मला भारतीले बनाएको कीर्तिमान तोडेकी हुन् । महिला सशक्तिकरणका साथै स्वास्थ्य जनचेतनाका लागि आयोजित रेस जित्नुको विशेषता त आफैमा थियो, त्यसका साथै राष्ट्रिय कीर्तिमान समेत तोड्दा उनका लागि पिंकाथन अझ विशेष रह्यो । त्यसैगरी कान्तिपुर पब्लिकेसन्सको २४ सौं वार्षिकोत्सवको अवसरमा सम्पन्न कान्तिपुर हाफ म्याराथनमा पनि उनले जित हात पारिन् ।
कान्छीमाया यो प्रतियोगिताकी सबैभन्दा सफल खेलाडी हुन् । सन् २०११ मा प्रारम्भ भएको यो दौडमा उनी प्रथम संस्करणकी विजेता हुन् । त्यसपछि सन् २०१३ र २०१४ मा पनि प्रथम भएकी कान्छीमायाले यसपल्टको सातौं संस्करणमा फेरि बाजी मारिन् । कान्छीमायाले यो दौड जितेको चारपल्ट भएको छ । दौडको सात वर्षको इतिहासमा उनी प्रत्येकपल्ट बलियो दावेदार रहँदै आएकी छिन् । उनले यसअघि गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोतामा पनि १० हजार तथा ५ हजार मिटर दौडमा स्वर्ण पदक हात पारेकी थिइन् ।