Successfully Copied

एक युरोकी एक अभियन्ता

प्रधान भन्छिन्–हामीले बिशेषत नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको स्वास्थ्य, शिक्षा तथा सीप बिकाशमा यो पैसा लगानी गरेका छौं ।

बिगत तिन दशक भन्दा बढी बिदेशको बसाइमा रजनी प्रधानसंग बिभिन्न अनुभवहरुको संगालो छ । कुशल नेत्तृत्व तथा सवल ब्यवश्थापकीय क्षमता भएकी प्रधान एनआरएन आइसीसी वुमन कमिटीकी डेपुटी कोअर्डिनेटर हुन् । गैरआवासीय नेपाली संघ समन्वयन कमिटीकी संयोजक सपिला राजभण्डारी तथा सह–संयोजक रजनी प्रधानको नेतृत्वमा शुरु भएको एक युरो अभियानले अहिले गैरआवासीय बृत्तमा उल्लेखनिय तथा प्रशंसायोग्य काम गरिरहेको छ । प्रधान भन्छिन्–हामीले बिशेषत नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको स्वास्थ्य, शिक्षा तथा सीप बिकाशमा यो पैसा लगानी गरेका छौं । जस्तो कि हिंसाबाट प्रभावित र असक्षमहरु जो सिप सिकेका छन् उनीहरुलाइ एक युरो बाट उठेको रकमले ट्याम्पु तथा सिलाइ मेसिन किनिदिने  काम गरेका छौं । बाढीपहिरो, भुकम्प जस्ता मुलुकलाइ परेको बिपदमा हामी सक्रिय रुपमा सहभागी र सहयोगी भुमिका निर्वाहा गरिरहेका छौं । 

विश्वका ७२ मुलुकमा बस्ने नेपालीहरु एक युरो अभियानमा जुटेका छन् । प्रतिब्यक्ति मासिक एक युरो उठाउने यो अभियानका अभियन्ता प्रधान तथा राजभण्डारी यसलाइ अझै बृहत ढंगले ब्यापक रुपमा अगाडी बढाउनुपर्ने बताउंछन् । बेल्जियम निवासी ३ छोराकी आमा रजनीले हरेक ब्यक्तिको सानो सहयोगले मुलुक समृद्धीको ढोका खुल्न सक्ने बताइन् । दर्जन भन्दा बढी सामाजिक संघ–संस्थामा आबद्ध रजनीको धेरैजसो समय समाजसेवा र नेपालीहरुलाइ सक्दो सहयोग जुटाउनेमै बित्छ । प्रधान भन्छिन्– समुन्नत नेपालका लागी जसले जे सक्छ आ–आफ्नो स्थानबाट योगदान दिनुपर्छ । महिला बिकाश र शसक्तिकरणका लागी भने महिला स्वयं जागरुक र सचेत हुनुपर्छ । शिक्षा,   रोजगार, पहुंच भन्ने कुरा चेतनाले स्वत ल्याउंछ । 

 Image