प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

अहिले नेपाली चलचित्र क्षेत्रमा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, रेखा थापा, ऋचा शर्मा, करिश्मा मानन्धर, गरिमा पन्त आदि नायिकाहरूको वर्चस्व छ । उनीहरू मिडियामा छाइरहने अनुहार पनि हुन् । त्यसपछि नन्दिता केसी, नीता ढुंगाना, असिष्मा नकर्मी, शिल्पा पोखरेल, अनु शाह, बेनिसा हमाल आदिको नाम आउ“छ । यसबीच अन्य थुप्रै नया“ नायिका चलचित्र क्षेत्रमा देखा परे तर पनि चलचित्रमा ती नायिकाको निरन्तरता देखिएन ।
चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकाहरू चलचित्रमै आफ्नो करियर बनाउने सोच र सपनाका साथ यो नगरीमा प्रवेश गरेका हुन्छन् । उनीहरूमा कसरी धेरैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने र टिक्ने भन्ने सोच हुन्थ्यो । यद्यपि अहिलेका नवनायिकाहरू मोडलिङमा लागेर ¥याम्पमा हि“ड्ने, दुई–चार वटा म्युजिक भिडियोमा काम गर्ने अनि एक–दुईवटा चलचित्रमा देखा पर्ने, त्यसपछि कि त पढाइका लागि विदेश जाने कि एनआरएन फेला पारेर विवाह गर्ने चक्करमा हुन्छन् ।
नेपाली चलचित्रमा अहिले पनि थुप्रै नायिका डेब्यु गर्दैछन् । नाइ“ नभन्नु ल–४ वाट वर्षा राउत र आ“चल शर्माले डेब्यु गर्दैछन् । चलचित्र प्रदर्शन हुनुअघि नै वर्षा राउत म्युजिक भिडियोमार्फत परिचित छिन् भने आ“चलको भविष्य पनि धेरैले राम्रो देखेका छन् । मोडलिङबाटै करियर प्रारम्भ गरेकी सम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीले निर्देशन गरेको ड्रिम्समार्फत डेब्यु गरिन् । यही चलचित्रबाट भिजे सन्ध्या केसीले पनि डेब्यु गरेकी छिन् जसमा उनको अतिथि भूमिका छ । नोभेम्बर रेनबाट चलचित्रमा देखा परेकी छुल्ठिमले त्यसबाट थुपै्र अवार्ड पनि पाइन् । अरु चलचित्रमा देखा नपर्ने उनको सोचमा परिवर्तन आएको छ र चलचित्रमा उनको भविष्य राम्रो पनि छ ।
जेरीबाट चलचित्रमा आएकी आना शर्मा भने चलचित्रलाई निरन्तरता दिनेभन्दा राम्रो अफर आयो भने मात्र काम गर्ने ध्याउन्नमा छिन् । वानवेबाट यो क्षेत्रमा आएकी माला लिम्बूले पनि चलचित्रलाई निरन्तरता दि“दैछिन् । अभिनय, गेटअप र स्टाइलले गर्दा पनि धेरैको आ“खा लिम्बूमा छ । मिस नेपाल मलिना जोशीले ऋतुमार्फत आफूलाई चिनाएकी छिन् तर उनी विदेशमा हुने कार्यक्रममै व्यस्त छिन् भने मिस नेपाल सृष्टि श्रेष्ठले गाजलुमार्फत चलचित्रमा डेब्यु गर्दैछिन् । सृष्टि नेपाली तथा भारतीय म्युजिक भिडियोमा समेत देखा परिसकेकी छिन् ।
सृष्टि श्रेष्ठ : मिस नेपाल २०१३ सृष्टि श्रेष्ठ गाजलुमार्फत डेब्यु गर्दैछिन् । नेपाली चलचित्रमा आफ्नो बलियो पकड बनाउने प्रयासस्वरूप उनले रंगकर्मी सुनील पोखरेलस“ग अभिनय क्लास लिएकी छिन् । बेलायतमा हाई स्कुल पढ्दा त्यहा“का नाटकहरूमा अभिनय गर्ने सृष्टिलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रुचि थियो । नेपाली चलचित्रमा नया“ आइडिया, युवापुस्ताको रुचि, नौलो टेक्नोलोजी एवं प्रस्तुतिका कारण नै सृष्टिको रुचि यसमा बढेको हो । अभिनय सिकेर आएकी सृष्टिबाट चलचित्र क्षेत्रले ठूलो आशा गरेको छ ।
वर्षा राउत : ३ वर्षदेखि म्युजिक भिडियोमार्फत दर्शकमाझ देखा परिरहेकी वर्षा राउत नाइ“ नभन्नु ल–४ मार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन् । हुन त उनलाई अरू चलचित्रबाट अफर नआएका होइनन् तर अध्ययनका लागि समय दिनुपर्ने बाध्यताका कारण पनि उनी चलचित्रमा त्यति देखिएकी छैनन् । थोरै समयमा सुटिङ सक्ने र छिट्टै रिजल्ट पनि आउने भएकाले उनलाई म्युजिक भिडियोप्रति रुचि छ । नाइ“ नभन्नु ल–४ मा अभिनय गरेपछि उनमा चलचित्रप्रतिको रुचि बढेको छ । अभिनय कला हेर्दा वर्षालाई राम्रो भविष्य भएकी नायिका मान्न सकिन्छ ।
छुल्ठिम गुरुङ : आरजे, भिजे, म्युजिक भिडियो, कार्यक्रम होस्ट हु“दै नोभेम्बर रेनमा सह–नायिकाका रूपमा देखा परेकी छुल्ठिम गुरुङ यही चलचित्रबाटै सबैका नजरमा परेकी छिन् । उनले उक्त चलचित्रमार्फत थुप्रै अवार्ड पनि प्राप्त गरेकी छिन् । छुल्ठिम नया“ गेटअप तथा फरक परिवेश बोकेका पात्रसहित दर्शकमाझ आउने तयारीमा छिन् । उनको स्वभाव सबैस“ग घुलमिल हुने खालको छ । छुल्ठिम चलचित्र क्षेत्रमा सम्भावना बोकेकी नायिकामा पर्छिन् ।
सम्राज्ञी राज्यलक्ष्मी शाह : क्लासिक डायमण्डको फेस अफ क्लासिकमा भाग लिएपछि सम्राज्ञीको मोडलिङ यात्राले निरन्तरता पाएको हो । मोडलिङमा लाग्नुअघि नै चलचित्रबाट अफर आए पनि राम्रो अफर कुरेर बसेकी शाहले भुवन केसीले निर्देशन गरेको ड्रिम्समार्फत डेब्यु गर्न पाइन् । अभिनय एवं स्टाइलले गर्दा शाह सम्भावनायुक्त नायिका मानिन्छिन् ।
माला लिम्बू : सिंगापुरमा जन्मिएकी माला लिम्बूलाई पनि राम्रो सम्भावना बोकेकी नायिकाका रूपमा हेर्न थालिएको छ । काठमाडौंको बसोबासमा उनले गुड बाई काठमाडौंमा अभिनय गरेकी थिइन् भने त्यसपछि उनी केही म्युजिक भिडियोमा छाइन् । वानवेमार्फत चलचित्रमा नायिकाका रूपमा देखा परेकी लिम्बू चलचित्र क्षेत्रमै व्यस्त छिन् ।
सन्ध्या केसी : भिजे तथा मोडलका रूपमा व्यस्त सन्ध्या केसीले चलचित्र ड्रिम्सबाट चलचित्रमा डेब्यु गरेकी छिन् तर चलचित्रमा उनको अतिथि भूमिका मात्र छ । चुलबुले तथा अभिनयमा दख्खल राख्ने सन्ध्याका लागि चलचित्रको ढोका खुलेको धेरै चलचित्रकर्मीको अनुमान छ ।
रूपा खनाल : परिधि, दसगजाजस्ता केही चलचित्रमा देखा परिसकेकी रूपा खनाललाई चलचित्र राहदानीबाट आशा छ । पहिले रेस्टुरा“ व्यवसायमा सम्लग्न भएकाले पूरै समय चलचित्रमा देखिन नसकेकाले उनले उक्त रेस्टुरा“ नै बेचेकी छिन् । अब भने उनी पूरै समय चलचित्रमै व्यस्त रहने बताउ“छिन् ।
वर्षा शिवाकोटी : नाइ“ नभन्नु ल–२ बाट डेब्यु गरेकी वर्षा शिवाकोटीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्रमा धेरैले आशा गरेकी वर्षाले आफूलाई पशुपति प्रसादबाट लाइम लाइटमा ल्याएकी छिन् । चलचित्रमै आफ्नो भविष्य देख्ने वर्षा निरन्तर दर्शकको मन जित्ने सोचमा छिन् । चलचित्रलाई निरन्तरता दिने हो भने उनको भविष्य पनि उज्ज्वल देखिन्छ ।