ढाका बिषेसज्ञ लिम्बुलाई अभियान श्री सम्मान
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो ।
जीवनमा अनेकौं आरोह–अवरोहको सामना गर्दै सामाजिक विभेद समेत पचाएर सफल महिला उद्यमी बन्न सफल व्यक्ति हुन्–राज्यलक्ष्मी शाक्य । चार वर्षयता सामाजिक सेवामा पनि अहोरात्र खट्दै आएकी शाक्यसँग धेरै क्षेत्रको अनुभव छ । जन्म र कर्मथलो दुवै ललितपुर भएकी शाक्यले आजको अवस्थामा आइपुग्न धेरै उतारचढावको सामना गरिन् । मनकामना ढाका कपडा उद्योग सञ्चालनसँगै उनी ढाका कपडाको खादा निर्माण एवं प्रचारमा सक्रिय छिन् । राज्यलक्ष्मीकै पहलमा नेपालमा हुने सरकारी कार्यक्रममा ढाकाको खादा मात्र प्रयोग हुन थालेको छ ।
विदेशी खादा विस्थापित गरी स्वदेशी उद्योगलाई बढावा दिने उनको अभियान निरन्तर उकालो चढ्दैछ । विभिन्न सामाजिक संस्थामा सक्रिय शाक्यसँग पत्रकारिताको समेत लामो अनुभव त छ नै, यसका अलवा उनी सञ्चारउद्यमी पनि हुन् । ‘स्वाभिमान नेपाल’ नामक मासिक पत्रिका उनले प्रकाशित गर्दै आइरहेकी छिन् । समग्रमा, उनी एक सफल उद्यमी तथा संचारकर्मी हुन भन्दा फरक पर्दैन् ।