युवालाई स्टार्टअप बिजनेस गर्न सरकारले प्रोत्साहनमूलक नीति बनाओस् : प्रार्थना साखाः
निर्भीक नारी
संचारकर्मी हुँदै महिला अधिकारका क्षेत्रमा तीन दशक बिताइसकेकी वन्दना राणा महिलामाथि हुने सबै प्रकारका हिंसा उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सदस्यमा निर्वाचित हुने नेपालकै प्रथम महिला भएकी छिन् ।
१ सय ८९ मुलुक मतदाता रहेको महिलामाथि हुने सबै प्रकारका हिंसा उन्मूलन महासन्धि (सिड) को निर्वाचनमा ११ सदस्यका लागि यसपटक २५ जनाले उम्मेदवारी दिएका थिए जसमध्ये वन्दनाले १ सय ६ मतका साथ छैटौं स्थान हासिल गरिन् ।
चार वर्षे कार्यकालका लागि छनोट भएकी राणा महिला विभेद अन्त्यका लागि नीतिगत कुरालाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउन सेतुको भूमिका निर्वाह गर्ने बताउँछिन् । विभेद अन्त्यका लागि सक्रिय रहन भन्दै सरकारले राणालाई १० लाख रुपैंयाँ दिने निर्णय गरेको छ ।