Successfully Copied

सुकुमाया तामाङको सफलता

महिलाहरूको जीवनस्तर दिनहु रूपमा केही न केही परिवर्तन हँुदैछ । २०४३ सालमा जन्मिएकी सुकुमाया तामाङको लोकप्रियता निकै बढिरहेको छ । आकर्षक व्यक्तित्व तथा फरासिली स्वभावनै उनको विशेषता हो । महिला भएर विविध भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरा उनीले सावित गरेकी छिन ।

महिलाहरूको जीवनस्तर दिनहु रूपमा केही न केही परिवर्तन हँुदैछ । २०४३ सालमा जन्मिएकी सुकुमाया तामाङको लोकप्रियता निकै बढिरहेको छ । आकर्षक व्यक्तित्व तथा फरासिली स्वभावनै उनको विशेषता हो । महिला भएर विविध भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरा उनीले सावित गरेकी छिन । बाल्यकालदेखिनै नाच्न गाउन तथा आफू राम्रो हुन मन पराउने सुकुको यो विशेषता उमेरसँगै झाँगिदै गएको हो । मीठो स्वर तथा ससक्त अभिनयकी धनी उनी काम गरेर कहिले थाक्दिनन् । महिला प्रकृति सुन्दर तथा उत्कृष्ट रचना भन्न रुचाउने उनीले अहिलेसम्म दर्जनौं फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छिन् । हालसम्म माया ला हो, यागंला रिमठिम प्रागंबोला माग जाधेवा, दिनीलगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । त्यसैगरी तामाङ समुदायको कथामा आधारित मेन्दोमाया नामक नाटकमा समेत अभिनय गरेकी छिन । उनीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानसमेत पाइसकेकी छिन् । इन्टरनेसनल इन्डिजिनेस फिल्म फेस्टिबल अर्काइभद्वारा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०६७ सालमा उनीले अवार्ड प्राप्त गरिसकेकी छिन् । साथै २०७१ सालको राष्ट्रिय तामाङ चलचित्र अवार्डमा उनीले सर्वोकृष्ट नायिकाको अवार्ड पनि पाइसकेकी छिन् । चलचित्र बाहेक बिभिन्न म्युजिक भिडियोमा पनि उनीले सफल अभिनय गरिसकेकी छिन् । अभिनय बाहेक उनी सामाजिक रूपमा पनि निकै सक्रिय छिन् । उनी महिला तथा बालबालिका हरूलाई लक्षित गरी सहयोग गर्छिन् ।

गत वर्ष भूकम्पपीडित हरूलाई उनीले निकै सहयोग गरिन् । उनीले धेरै पीडित हरूलाई राहत वितरण गरिन् । टाइम्स एफएमकी कार्यक्रम सञ्चालिका पनि हुन् उनी । हाल उनी आफ्नै ब्यानरबाट बन्ने चलचित्र निर्माणको तयारीमा छिन । भर्खरै आफ्नो चलचित्र युरोपमा प्रदर्शन गरेर फर्किएकी छिन । त्यसोत उनी तामाङ समुदायकी पहिलो चलचित्रकी निर्देशक पनि हुन् । समग्रमा भन्नुपर्दा उनी बहु प्रतिभाकी धनी हुन् । त्यसो त उनी नेपाली महिला हरूको अवस्था पहिलेको भन्दा केही सकारात्मक भएको बताए पनि यसैमा चित्त बुझाउन नहुने बताउँछिन । नेपाली महिलाहरूको जीवन उकास्नका लागि उनी हरूलाई शिक्षा तथा आर्थिक रूपमा सक्षम बताउनुपर्ने उनको राय छ । आफ्नो जीवनमा चलचित्रबाहेक सामाजिक सेवाको पनि महत्वपूर्ण भूमिका रहेकाले सँगसँगै अघि लिएर जाने उनको राय छ ।

 Image