Successfully Copied

सर्वोच्चमा तीन महिला न्यायाधीश

सुशीला कार्की मुलुकको प्रथम महिला प्रधानन्यायाधीश हुँदैछिन् । राज्यका तीनै अंगमा महिला प्रमुख हुने क्रममा सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन् ।

सुशीला कार्की मुलुकको प्रथम महिला प्रधानन्यायाधीश हुँदैछिन् । राज्यका तीनै अंगमा महिला प्रमुख हुने क्रममा सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन् । न्यायाधीशका लागि सिफारिस गरिएका ११ जनामध्ये मुख्य न्यायाधीशबाट मीरा खड्का र वकिलबाट वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान परेका छन् । उनीहरूलाई संसदीय सुनुवाइ समितिले पास गरे सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश हुनेछन् । राज्यका हरेक अंगमा महिला सहभागिता बढाउनुपर्ने दबाब बढिरहेका बेला अदालत मात्र त्यस्तो अंग थियो जहाँ सहभागिताका नाममा जसलाई पनि न्यायाधीश बनाउन सकिँदैन । योग्यता, क्षमता र विवादित छवि नभएका व्यक्ति मात्र सर्वोच्च अदालतसम्म पुग्छन् । त्यसैले यसअघि पनि शीलु सिंह, शारदा श्रेष्ठ र गौरी ढकाल ३ जना महिला न्यायाधीश मात्र सर्वोच्चसम्म पुग्न सफल भए । न्यायक्षेत्रमा महिला सहभागिता कम छ भन्ने गुनासो सुनिन्छ । यस्तो बेला सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीशको उपस्थितिले सकारात्मक सन्देश जाने सर्वोच्चकै पूर्व न्यायाधीश शारदा श्रेष्ठ बताउँछिन् । 

 Image