Successfully Copied

उमन अफ डिस्टिङ्सन–वन्दना

महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणा संयुक्त राष्ट्रसंघले प्रदान गर्ने ‘उमन अफ डिस्टिङ्सन–२०१६’ बाट सम्मानित भएकी छिन् ।

महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणा संयुक्त राष्ट्रसंघले प्रदान गर्ने ‘उमन अफ डिस्टिङ्सन–२०१६’ बाट सम्मानित भएकी छिन् । महिला अधिकार र सशक्तीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेबापत विकासोन्मुख देशका महिलालाई वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार यो वर्ष अफ्रिकी अधिकारकर्मी अमिना महमदसँगै वन्दना राणालाई प्रदान गरिएको हो । राणालाई पुरस्कृत गरिनुको कारण बताउँदै जारी गरिएको प्रेस विज्ञप्तिमा ‘स्थानीय समुदायको स्तरदेखि राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरसम्म महिला अधिकारको प्रवद्र्धनका लागि पैरवी गरेको’ उल्लेख गरिनुले राणाको योगदान प्रस्ट हुन्छ । साथी नामक गैरसरकारी संस्थाकी संस्थापक कार्यकारी अध्यक्ष राणा महिला अधिकारका क्षेत्रमा, पैरवी, अनुसन्धान, समुदाय परिचालन एवं लैङ्गिक समानताका लागि पुरुष सहभागिताका क्षेत्रमा सक्रिय छिन् । बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जाल तथा घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जालकी संयोजक राणा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष पनि हुन् । 

 Image