अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा
सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो ।

गीता (सन्जु) अधिकारी किताबी ज्ञानसँगै व्यावहारिक ज्ञानमा पनि अग्रसर हुन सक्ने महिलालाई देशकै गौरव मान्छिन् । अहिले जनता बहुमुखी क्याम्पस इटहरीमा सहायक क्याम्पस प्रमुखका रूपमा कार्यरत गीता यो क्षेत्रमा पिएचडी गर्ने उदाहरणीय महिला हुन् । उनले क्याम्पसमा पढाउन थालेको १६ वर्ष भयो । दुई सन्तानकी आमा गीताले शिक्षा क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा पनि योगदान पुर्याउँदै आएकी छिन् । तीन विषयमा स्नातकोत्तर पूरा गरेकी गीताले समाजमा महिला शिक्षाका बारेमा गरिने टीकाटिप्पणीलाई राम्रो जवाफ दिएकी छिन् । सक्षम महिलाहरूले पुरुष भन्दा इमान्दार भएर राज्यका विभिन्न निकायमा काम गरिरहेको बताउने गीता अहिले क्याम्पसका विभिन्न समितिमा रहेर अन्तर्राष्ट्रियस्तरको पहिचान बनाउन प्रयत्नरत छिन् ।