केशको हेरचाह
केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/health/Nari-02052019113859.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/health/Nari-02052019113859.jpg&w=1000&height=600)
- वर्षासँगै संक्रामक रोगको जोखिम बढ्छ । त्यसैले खानपानदेखि शारीरिक स्वास्थ्यसम्ममा विशेष ध्यान दिनुपर्छ ।
- वर्षामा खानेकुरा छिटो सड्ने, गल्ने र कुहिने हुन्छ । बासी र सडेगलेका खानेकुरा खानु हुँदैन । यसले पेट खराब गर्छ । ताजा र सुपाच्य खानेकुरा खानुपर्छ । भिटामिन ‘सी’ युक्त खानेकुरा उपयुक्त हुन्छ ।
- सागसब्जी तथा फलफूल सेवन गर्दा पनि ध्यान दिनुपर्छ । चिनीयुक्त फलमा र सागसब्जीमा समेत किटाणु रहने भएकाले राम्ररी सफा गरेर मात्र सेवन गर्नुपर्छ ।
- वर्षामा पिउने पानी पनि दूषित हुने भएकाले राम्ररी उमालेको पानी पिउनुपर्छ ।
- हरियो चटनीको सेवन राम्रो मानिन्छ । पुदिना र धनियाँका पातलाई पिसेर चटनी बनाई सेवन गर्न सकिन्छ । त्यस्तै, अमला र प्याज आदिको सेवन गर्न सकिन्छ ।
- वर्षामा भिटामिन, मिनरल्स तथा रसयुक्त खानेकुरा खानुपर्छ ।
- तातो कफी, चियाले पनि चिसो लाग्नबाट बचाउँछ ।
- भुटेका मकै एवं भटमास आदि यसबेला स्वादिला मात्र नभई स्वस्थकर पनि हुन्छन् ।
- लसुनका टुक्रा राखेर बनाएको तातो सुप स्वास्थ्यमैत्री हुन्छ । यसले चिसो, फ्लु र थकाइबाट बचाउँछ ।
- मौसमी फलफूल पनि पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।